मुख्य समाचार
स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु
स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु

: स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । जहाजमा सवार १७ जना चालक दलका सदस्यको उद्धार गरिएकोमा सात जनालाई अस्पताल लगिएको थियो ।

उपचारका क्रममा एक जनाको मृत्यु भएको स्पेनको आपत्कालीन सेवाले जनाएको छ । अन्य छ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

‘मेड इम्रे’ नामक उक्त ट्यांकर स्पेनको अल्जेसिरासबाट बार्सिलोनातर्फ जाँदै गर्दा इबिजाको तटबाट करिब ४६ किलोमिटर टाढा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

जहाज आंशिक रूपमा समुद्रमा डुबेको छ । डिजेल चुहावट भएर समुद्री वातावरणमा क्षति पुगेको छ वा छैन भन्नेबारे स्पेनी अधिकारीहरूले अनुसन्धान तथा मूल्याङ्कन गरिरहेका छन् । उक्त क्षेत्रमा समुद्री जैविक विविधताका लागि महत्त्वपूर्ण मानिने पोसिडोनिया समुद्री घाँस पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह ...
। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो ‘युद्धका लागि पहिले नै तयार पारिएको योजना’ हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन र कुवेती समकक्षीहरूलाई समवेदना व्यक्त ...
। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्। कीएभस्थित आफ्नो केन्द्रीय कार्यालयमा बीबीसीसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग अंकमाल ...
: कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ। इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए। यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको ...