मुख्य समाचार
अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको
अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको

। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्।

कीएभस्थित आफ्नो केन्द्रीय कार्यालयमा बीबीसीसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग अंकमाल गरिरहेको तस्बिर सार्वजनिक गर्दै उनलाई ‘मेरो साथी’ भन्नु अनौठो भएको टिप्पणी गरे।
‘निश्चय नै, यो अमेरिकी राष्ट्रपतिको कुरा हो, तर यो अनौठो छ,’ जेलेन्स्कीले भने।

पुटिनलाई मित्र मान्न नसकिने स्पष्ट पार्दै जेलेन्स्कीले भने, ‘उनी आक्रमणकारी र हत्यारा हुनुहुन्छ । उनी साथी हुन सक्दैनन्। पटक्कै सक्दैनन्।’ उनले यो अवस्थालाई दोस्रो विश्वयुद्धका क्रममा एडोल्फ हिटलरलाई साथी भनिएजस्तै अवस्थासँग तुलना गरे ।


अमेरिकी प्राथमिकताप्रति दुःख व्यक्त गर्दै जेलेन्स्कीले भने, ‘यो दुःखद कुरा हो कि उहाँहरूले आफ्नो ध्यान मध्यपूर्वमा केन्द्रित गरेका छन् र त्यहाँका मानिसहरूलाई बढी मद्दत गरिरहेका छन्। यो पीडादायी छ। यस विषयमा हाम्रा थुप्रै ठूला प्रश्नहरू छन्।’

सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँग चर्काचर्की परेयता जेलेन्स्की अमेरिकासँगको सम्बन्धमा निकै सतर्क रहँदै आएका छन्।

रुस र युक्रेनबीचको युद्ध अन्त्य गरी ठुलो जनधनको क्षति रोक्न ट्रम्पका दुई विशेष दूतहरूले शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। तर कतिपय सन्दर्भमा ती दूतहरू युक्रेनको तुलनामा रुसको अडानप्रति बढी सकारात्मक देखिने गरेको आभास हुने गरेको छ।

यसैबीच, डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत गत साता चीनमा पुटिनसँग भएको भेटका क्रममा सम्पूर्ण युरोपेली भूभागमा सबै किसिमका सैन्य आक्रामकता रोक्न आग्रह गरेको जानकारी दिए।

ट्रम्पले युक्रेनसँग शान्ति सम्झौता हुने पर्याप्त सम्भावना देखेको बताए पनि रुसका सार्वजनिक अभिव्यक्तिहरूले भने रुस वार्तामा आफ्नो सुरुवाती कडा अडानमै फर्किएको र प्रायः सबै विषयमा पुराना मागहरूमा अडिग रहेको संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह ...
: स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । जहाजमा सवार १७ जना चालक दलका सदस्यको उद्धार गरिएकोमा सात जनालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको स्पेनको आपत्कालीन सेवाले जनाएको छ । अन्य छ जनाको अवस्था सामान्य रहेको बताइएको छ । ‘मेड ...
। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो ‘युद्धका लागि पहिले नै तयार पारिएको योजना’ हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन र कुवेती समकक्षीहरूलाई समवेदना व्यक्त ...
: कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ। इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए। यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको ...
: कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ। इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए। यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको ...