इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाका कमान्डर अली ओजमाईले होर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन् ।
तस्निम समाचार एजेन्सीका अनुसार ओजमाईले खाडी क्षेत्रमा रहेको एक टापुस्थित सैन्य परिचालन इकाइको भ्रमणका क्रममा यस्तो बताएका हुन् ।
‘हामीले यो जलमार्गलाई नियन्त्रणमा मात्र राखेका छैनौँ, होर्मुज स्ट्रेटको केन्द्रसम्मै शक्तिको सन्तुलन बदल्न सक्ने क्षमता पनि निर्माण गरेका छौँ,’ उनले भने ।
उनले यस जलमार्गबाट शान्तिपूर्ण र सुरक्षित आवागमन इरानको वैध सार्वभौम अधिकारको सम्मानमा मात्र निर्भर रहने पनि बताए ।