मुख्य समाचार
बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग
बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग

। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उनले बताइन् ।

उनले ग्यास वितरणका लागि सिलिण्डर र पाइपलाइन दुवै विकल्पबारे नीतिगत स्पष्टता गर्नुपर्नेमा जोड दिइन् । प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट पुन: सञ्चालनमा ल्याएकोले यसको दिगोपनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाइ छ ।

‘जुन पोलिसी कन्स्ट्रेन्ट छ, त्यो पोलिसी कन्स्ट्रेन्टलाई फुकाइदिनुपर्‍यो । अब ग्यास आउँछ, ग्यास आइसकेपछि डिस्ट्रिब्युसनको कुरा आउँछ । डिस्ट्रिब्युसनको कुरा आइसकेपछि सिलिण्डरमा घरघर पुर्‍याउने एउटा पाटो छ र अर्को पाइपलाइन बनाउने पाटो छ,’ उनले भनिन्, ‘पाइपलाइनको कुरा गर्ने हो भने आजसम्म पाइपलाइन डिस्ट्रिब्युसनको पोलिसी बनेको छैन,’ उनले भनिन्, ‘त्यसैले माननीय मन्त्रीज्युलाई यो अनुरोध गर्न चाहन्छु, दिस इज भेरी अर्जेन्ट । नीतिले नै स्पष्टता नदिएसम्म यो बायोग्यास प्लान्ट सुचारु गरिसकेपछि हाम्रो उद्देश्य अझै पुरा हुन सक्दैन ।’


प्लान्ट सञ्चालनको दिगोपन सुनिश्चित गर्न महानगरपालिकाले निजी क्षेत्र तथा प्राविधिक समूहसँग छलफल गरी सम्भावित चुनौतीको विश्लेषण गरिरहेको पनि उनले जानकारी दिइन् । उनले बायोग्यास प्लान्ट निर्माण र उद्घाटनमा मात्र सिमित नभई नियमित सञ्चालन तथा उत्पादित ग्यासको प्रभावकारी वितरण सुनिश्चित गर्न महानगरले विशेष ध्यान दिएको बताइन् ।

‘पाइपलाइन डिस्ट्रिब्युसनका पक्षहरूलाई पनि जति सक्दो छिटो नीति यहाँहरूले बनाइदिनुभयो भने हामीले बायोग्यास प्लान्टको रिजल्ट देखिने गरी काम गर्नसक्छौं,’ उनले भनिन् ।

यसैगरी उनले टेकुमा निर्माण भइरहेको फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन् । केही उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले ढिलाइ हुन सक्ने उनको भनाइ छ ।

केन्द्र निर्माण सम्पन्न भएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुन:प्रयोगयोग्य फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाउने उनको भनाइ छ ।

सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्ने व्यवस्था अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । प्रहरी अनुसन्धानका ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् । यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् । सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर ...
। सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र एमालेका प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले यस्तो बताएका हुन् । सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनिति, संसदको हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो ...