मुख्य समाचार
कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताए
कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताए

। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य भट्टले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुन: फिर्ता ल्याउनुपर्ने बताए ।

‘स्थानीय र प्रदेश चुनाव आउँदैछ । चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन,’ भट्टले भने, ‘किनकी हिजो विभिन्न कालखण्डमा हामीसँग रिसाएर पार्टी बाहिर बसेका साथीहरूलाई पुन: घर फर्काउने गरी संवाद थाल्नुपर्छ, त्यसबारे म नेतृत्वको ध्यानाकषर््ण गराउँदछ ।’

स्थानीय र प्रदेशको निर्वाचनमा युवाहरूलाई आरक्षण भन्दा पनि अवसर सिर्जना गर्नुपर्ने उनले बताए ।


भोटेकोशी बाढीदेखि बूढीगण्डकी बाढी प्रभावितहरूका लागि सरकारले उचित ढंगले काम गर्न नसकेकोमा पार्टीको तर्फबाट सरकारलाई थप घच्घच्याउनका लागि आग्रह गरे ।

‘पार्टी सभापतिज्यू भोटेकोशी बाढी प्रभावित स्थलको अवलोकन गरेर फर्किनुभएको छ । त्यसबारे उहाँका केही धारणा पनि हामीले सुन्यौँ कि जनताले सास्ती भोगिरहेका छन् भन्ने । त्यसो त असोज २५ को बूढीगण्डकी बाढी प्रभावितलाई सरकारले राहत उपलब्ध गराउन सकेको छैन,’ भट्टले बैठकमा भने, ‘पुनर्स्थापनाका काम अघि बढेनन् । सरकारी कोषमा पैसा छ तर पीडितको हातमा राहत रकम पुगेको छैन ।’

काठमाडौंमा नदी किनारबाट हटाइएका सुकुमबासीहरूको उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सुशासनको नारा दिएर आएको सरकार महंगी नियन्त्रण गर्नबाट पूर्ण रुपमा चुकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् । यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् । सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर ...
। सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र एमालेका प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले यस्तो बताएका हुन् । सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनिति, संसदको हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नं. २ द्वारा बिहीबार धादिङबेसीमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले सरकारका गलत कामविरुद्ध आवाज उठाउन पछि नहट्ने बताए । ‘नेपाली कांग्रेस पार्टी प्रश्न गर्न जन्मिएको ...