मुख्य समाचार
आयरल्यान्डले पाकिस्तान गएर ओडीआई सिरिज खेल्ने
आयरल्यान्डले पाकिस्तान गएर ओडीआई सिरिज खेल्ने

। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।

सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। उक्त सिरिजका खेल पनि गद्दाफी स्टेडियममै हुनेछन्।

दक्षिण अफ्रिका र नामिबियामा फेब्रुअरी–मार्चमा हुने विश्वकप छनोटको तयारीका लागि आयरल्यान्डले पाकिस्तान भ्रमण गर्न लागेको हो।

आयरल्यान्डको पाकिस्तान भ्रमण यसअघि सन् २०२५ को अगस्ट–सेप्टेम्बरमा तय भएको थियो। तर पाकिस्तानको व्यस्त घरेलु अन्तर्राष्ट्रिय खेल तालिकाका कारण भ्रमण स्थगित भएको थियो।


दुवै क्रिकेट बोर्डबीच बहुप्रारूपको सिरिजबारे पनि छलफल भएको थियो। तर आगामी विश्वकप छनोटलाई ध्यानमा राख्दै एकदिवसीय खेलमा मात्रै केन्द्रित हुने सहमति भएको हो।

क्रिकेट आयरल्यान्डका उच्च प्रदर्शन निर्देशक ग्रेम वेस्टले विश्वकप छनोटअघि टोलीका लागि यो भ्रमण महत्वपूर्ण हुने बताएका छन्। सन् २०२६ को दोस्रो अर्धवार्षिक अवधिमा नौ खेल खेलेको आयरल्यान्डले पाकिस्तानसँग थप ६ एकदिवसीय खेल खेल्दा खेलाडीलाई छनोट प्रतियोगिताका लागि तयार हुन सहयोग पुग्ने उनको भनाइ छ।

पाकिस्तान र आयरल्यान्डले पछिल्लोपटक सन् २०१६ मा डब्लिनमा दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। अहिलेसम्म यी दुई टोलीबीच सात एकदिवसीय खेल भएका छन्। त्यसमध्ये पाकिस्तानले पाँच खेल जितेको छ भने आयरल्यान्डले सन् २००७ को विश्वकपमा किङ्स्टनमा भएको खेलमा मात्रै पाकिस्तानलाई हराएको थियो।

आयरल्यान्डले सन् २०१८ मा पाकिस्तानविरुद्ध डब्लिनमा पहिलो टेस्ट खेलेको थियो। उक्त खेलमा पाकिस्तान पाँच विकेटले विजयी भएको थियो। त्यसपछि दुवै टोलीले टी–२० अन्तर्राष्ट्रियमा पनि प्रतिस्पर्धा गरेका छन्। उनीहरूबीच पछिल्लो भेट सन् २०२४ को टी–२० विश्वकपमा अमेरिकाको लाउडरहिलमा भएको थियो।

आयरल्यान्डको पुरुष टोली पहिलोपटक पाकिस्तान जान लागेको भए पनि महिला टोलीले सन् २०२२ नोभेम्बरमा पहिलोपटक पाकिस्तान भ्रमण गरेको थियो। त्यसक्रममा लाहोरमा एकदिवसीय र टी–२० सिरिज खेलेको आयरल्यान्डको महिला टोली सन् २०२५ अप्रिलमा महिला विश्वकप छनोटका लागि पुनः लाहोर पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। कर्णालीका लागि विपिन रावलले ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्। ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत ...
: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...
: सुर्खेतको बीरेन्द्रनगरमा जारी १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ हो। बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाउन सक्यो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया ...
: १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। सुर्खेतको विरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ९ विकेटको क्षतीमा १७७ रन बनाएको थियो। आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १७ ओभरमा ११० रन बनाउँदै अलआउट भएको हो। ...