मुख्य समाचार
आदिवासी जनजाति समुदायले आफ्नो सहमतिविना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी
आदिवासी जनजाति समुदायले आफ्नो सहमतिविना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी

: आदिवासी जनजाति समुदायले आफ्नो सहमतिविना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी दिएको छ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरूले बिहीबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी 'आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका' सार्वजनिक गर्दै उक्त चेतावनी दिएका हुन्। आदिवासी जनजाति समुदायलाई पुऱ्याउने फाइदा र बेफाइदाबारे छलफल गरेर मात्रै कुनै पनि परियोजना र कार्यक्रम सञ्चालन गर्न आफूहरूको अनुमति लिनुपर्ने निष्कर्षमा पुगिएको आयोगका अध्यक्ष रामबहादुर थापामगरले बताए।

उनले आदिवासी जनजाति क्षेत्रका विज्ञहरू आदिवासी जनजाति नै हुनुपर्ने भएकाले उनीहरूको सहमतिविना कुनै पनि परियोजना सञ्चालन गर्न उपयुक्त नहुने उल्लेख गरे। परियोजना सञ्चालन गर्नुअघि सम्बन्धित संघसंस्थाहरूको अनुमति लिन सबैलाई सचेत गराइएको उनको भनाइ छ। अध्यक्ष थापामगरले सरकार संलग्न रहेको परियोजनामा समेत सरकार, लगानीकर्ता र स्थानीय समुदायबीच त्रिपक्षीय करार हुनुपर्ने स्पष्ट पारे।

आदिवासी जनजाति समुदायलाई असर पार्ने खालका कुनै पनि परियोजना वा क्रियाकलाप जुनसुकै बेला स्थगन गर्नुपर्ने समेत आदिवासी संघसंस्थाको निष्कर्ष छ। संविधानमा व्यवस्था गरिएको आदिवासी जनसमुदायको अधिकार सुनिश्चित गर्न पनि उक्त निर्देशिका सार्वजनिक गर्नुपरेको सम्बन्धित पक्षको दाबी छ।

यो निर्देशिका सम्बन्धित समुदाय र विज्ञहरूले दिएका सुझावका आधारमा तयार पारिएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको आरोप लगाए। उनले सत्ता स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहोरिएको टिप्पणी गरेका हुन्। नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने ...
। उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न परमादेश जारी गरेको छ । अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा अदालतले कोशी प्रदेश सरकारसमेतका नाममा परमादेश जारी गरेको हो । अदालतले अब उप्रान्त सरकारी निकायबाट हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी उपलब्ध विकल्पहरूको प्रयोग गर्न र गराउन आदेश दिएको हो । प्लास्टिकजन्य ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको वरीयता हेरफेर गरेको हो। सातौं नम्बरमा रहेकी गौतमलाई तेस्रो वरीयतामा राखिएको छ। सोवितालाई तेस्रोमा ल्याउँदा मन्त्रीहरू शिशिर खनाल, विराजभक्त श्रेष्ठ,सुधन गुरुङ र सुनिल लम्सालको वरीयता एक-एकले तल झरेको छ। अन्य मन्त्रीहरूको वरीयता भने यथावत् ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ। भेटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफलाई ...
। हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को जोखिम न्यूनीकरण तथा हिमाली समुदायको जीवन र जीविकोपार्जन सुरक्षित गर्न नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ४९.९४ मिलियन अमेरिकी डलर लागतको ’ग्लोफ सञ्जीवनी’ परियोजना सुरु गरेका छन् । परियोजनाबाट हिमताल विस्फोटजन्य बाढीको जोखिममा रहेका ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ...