मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात
१०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात

: १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

सुर्खेतको विरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ९ विकेटको क्षतीमा १७७ रन बनाएको थियो।

आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १७ ओभरमा ११० रन बनाउँदै अलआउट भएको हो। गण्डकी प्रदेशको लागि ओपनर इश्वर श्रेत्रीले सर्वाधिक २६ रन बनाए। अर्का ओपनर सोहेल कुँवरले २२ रन बनाए। शिव्रिन श्रेष्ठले १२, वंश क्षेत्रीले १६ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। गण्डकीको ब्याटिङ धरापमा पार्न आर्मीका तिलक राज भण्डारीले ५ विकेट लिए। नरेन साउदले २ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको आर्मीका लागि कुशल मल्ल र विनोद भण्डारीले समान ३६÷३६ रन बनाए। ओपनर तृतराज दासले २४ रन बनाउँदा वसिर अहमदले २७ रन बनाए। दुर्गेश गुप्ता १२ रनमा अविजित रहे।

गण्डकीका लागि विपिन खत्रीले ३ विकेट लिँदा कृष्ण पौडेल र सुदिप अर्यालले २–२ विकेट लिए। अपराजित पौडेलले पनि १ विकेट लिए।

आजको पहिलो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुर्खेतको बीरेन्द्रनगरमा जारी १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ हो। बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाउन सक्यो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया ...
— एलेक्जान्डर इसाकको दुई गोलको मदतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुगलाई ३–० ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ को नजिक पुगेको छ । इसाकले १३ र ८२ औं मिनेटमा एक एक गोल गरे भने फ्लोरिन विर्टजले ७९ औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुलको १२ अंक भएको छ र पाँचौं स्थानमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र ...
। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ । महिला क्रिकेट यसअघि नै सुरु भइसकेपनि पुरुष क्रिकेट भने आज बिहीबारदेखि कालुन्चौका क्रिकेट मैदानमा सुरु हुनेछ । जहाँ सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लबबीच खेल हुनेछ । १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते तय भएपनि मंसिर ...