मुख्य समाचार
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफलाई मन्त्री बादीको आग्रह
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफलाई मन्त्री बादीको आग्रह

। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ।

भेटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफलाई आग्रह गरिन् ।

उनले बालबालिकाको विकास र संरक्षण जन्मपश्चात् मात्र नभई गर्भावस्थादेखि नै सुरु हुनुपर्ने उल्लेख गर्दै विकास साझेदारका कार्यक्रमहरू गर्भावस्थादेखि बालबालिकाको समग्र विकास र संरक्षणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

मन्त्री बादीले वैकल्पिक स्याहारको आवश्यकता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउँदै त्यसमा युनिसेफको सहयोग र साझेदारी आवश्यक रहेको बताइन् ।


भेटमा युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराले नेपालमा बालबालिकाको गैरकानुनी ओसारपसार तथा बाल हिंसा न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न युनिसेफ इच्छुक रहेको बताए ।

उनले समुदायस्तरमा सामाजिक जनशक्तिको क्षमता विकास तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा युनिसेफले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को जोखिम न्यूनीकरण तथा हिमाली समुदायको जीवन र जीविकोपार्जन सुरक्षित गर्न नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ४९.९४ मिलियन अमेरिकी डलर लागतको ’ग्लोफ सञ्जीवनी’ परियोजना सुरु गरेका छन् । परियोजनाबाट हिमताल विस्फोटजन्य बाढीको जोखिममा रहेका ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ...
: सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन्। मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरूका प्रतिनिधि र विज्ञसमेत रहेको समिति गठन गरेका ...
— जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमुना सङ्कलन थालिएको छ । दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न अध्ययन तथा नमुना सङ्कलन थालिएको हो । ...
। नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा ...
— नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट ...