मुख्य समाचार
हिउँ चितुवा जोगाउन नाउरको आहारामाथि अध्ययन
हिउँ चितुवा जोगाउन नाउरको आहारामाथि अध्ययन

— जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमुना सङ्कलन थालिएको छ ।

दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न अध्ययन तथा नमुना सङ्कलन थालिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम र लोमान्थाङ कार्यालयले हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने उद्देश्यले छुट्टाछुट्टै सर्वेक्षण गरिरहेका एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिए ।

मुस्ताङको तल्लो क्षेत्रमा हिउँ चितुवाको अध्ययनका लागि क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन गरी चारवटा क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको छ । ती क्षेत्रमा घाँसका नमुना सङ्कलन गरी चरनको विद्यमान अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको परिमाण तथा पोषण तत्त्वको अवस्था मापन गरिनेछ ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाई प्रत्येक खण्डभित्र एक वर्गमिटरका उपखण्ड निर्धारण गरेर घाँसको नमुना सङ्कलन भइरहेको छ । तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङ गाउँपालिकामा नौ गरी २४ वटा खण्ड तथा तिनका ४८ वटा उपखण्डबाट हिउँ चितुवाको आहारा प्रजातिले खाने घाँसको नमुना सङ्कलन भइरहेको उनले बताए ।

ads/1440x233asmis26-bluekv-2-15102026114551.jpg
वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रमा नमुना सङ्कलन भइरहेको छ । क्यामेरा जडान गरिएका क्षेत्रमा एक खण्डदेखि अर्को खण्डसम्मको दूरी कम्तीमा ५०० मिटर कायम गरेर नमुना लिइएको थकालीले जानकारी दिए ।

यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङले हिउँ चितुवाको अध्ययनका लागि यसअघि क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन सुरु गरेको छ । हिउँ चितुवाको सङ्ख्या वृद्धि गर्न यसको आहारा प्रजातिको सङ्ख्या बढाउनुपर्ने र त्यसका लागि चरन क्षेत्र सुधार तथा घाँसको गुणस्तर वृद्धि आवश्यक रहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट घाँसको नमुना सङ्कलन भइरहेको छ । हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका तीन क्षेत्रमा पाँच वर्गकिलोमिटरको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमुना सङ्कलन भइरहेको उनले जानकारी दिए । घाँसले ओगटेको क्षेत्रका आधारमा प्रतिखण्ड बढीमा ४० देखि ५० वटासम्म नमुना सङ्कलन गरिनेछ ।

सर्वेक्षणका क्रममा हरियो घाँस र सुकेको घाँसको तौलसमेत मापन गरिने प्रमुख पौडेलले बताए । सङ्कलित नमुना प्रयोगशालामा पठाएर घाँसको पोषण तत्त्व र गुणस्तर परीक्षण गरिनेछ । यसबाट नाउरको आहारा उपलब्धता र गुणस्तर सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ads/1-13102026041827.jpg
ads/2-13102026041844.jpg
ads/3-13102026041901.jpg
हिउँ चितुवाको प्रमुख आहारा नाउर भएकाले यसको आहाराको गुणस्तर र उपलब्धताले नाउरको शारीरिक अवस्था, मोटोपन तथा प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने उनले बताए । चरन क्षेत्रको अवस्था र घाँसका प्रजातिबारे वैज्ञानिक अध्ययन गरी आहारा प्रजातिको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने लक्ष्य छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको आहारा तथा बासस्थानमा असर पारेको विश्लेषण गरिएको छ । गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेपछि स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणको जोखिममा पर्ने गरेका छन् ।

चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता घट्दै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुले हिउँ चितुवाको आहारा प्रजाति संरक्षणमा चुनौती थपेको छ । चरन क्षेत्रको गुणस्तर सुधार र चरिचरनलाई व्यवस्थित तथा सन्तुलित बनाउन सके नाउरको संरक्षणसँगै हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा ...
— नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट ...
— सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित गम्भीर अपराधबाहेकका मुद्दामा क्षमादान दिन सक्ने अधिकारसहितको आयोग गठन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश सिफारिस गरेको छ । त्यस अध्यादेशमा पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोगले छुट्टै कोष स्थापना गर्ने व्यवस्थासमेत गरिएको छ । सिफारिस अध्यादेशमा जेन–जी आन्दोलनका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपणका ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा सीमित भएको हो । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२.२६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने ...
— सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल ...