मुख्य समाचार
लैंगिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लंघमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्ने
लैंगिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लंघमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्ने

— लैंगिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लंघमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्नेमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले बताएकी छन् ।

महिला मन्त्रालय र संयुक्त राष्ट्रसंघ नेपालको आयोजनामा भएको महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा बुधबार सम्बोधन गर्दै उनले हिंसापीडितले समयमै न्याय, संरक्षण र पुनःस्थापना नपाउँदा त्यसको असर व्यक्ति र परिवारमा मात्र नभई समग्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा पर्ने बताएकी छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ५ प्रतिशतले यौन हिंसा भोगेको तथ्य प्रस्तुत गर्दै मन्त्री वादीले हिंसा भोगेका ५८ प्रतिशत महिलाले कसैसँग पनि सहयोग नमागेको वा न्यायको खोजी नगरेको अवस्था चिन्ताजनक रहेको बताएकी छन् ।

सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव, न्यायिक प्रक्रियाको उच्च खर्च र आर्थिक परनिर्भरताका कारण हिंसापीडित महिलाहरू न्यायको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्यका सबै संयन्त्र जिम्मेवार र जवाफदेही हुनुपर्ने वादीको भनाइ छ ।

हिंसाले महिलाको शिक्षा, रोजगारी, आयआर्जन र उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै मन्त्री वादीले स्वास्थ्य उपचार, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनःस्थापनामा लाग्ने खर्चले व्यक्ति, परिवार र राष्ट्रमाथि दीर्घकालीन आर्थिक भार सिर्जना गर्ने बताएकी थिइन् । त्यसैले लैंगिक हिंसा अन्त्य र न्याय सुनिश्चित गर्न गरिने लगानीलाई खर्चका रूपमा नभई दिगो आर्थिक विकास र समृद्धिका लागि अपरिहार्य लगानीका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

त्यसरी नै लैंगिक हिंसालाई सम्बोधन गर्ने र लैंगिक हिंसापीडितलाई सहज रूपमा न्याय कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा काम गर्नुपर्ने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् ।

‘लैंगिक हिंसाका प्रवृत्ति र प्रकृति कस्ता खालका छन् र पीडितको संरक्षण अहिलेको सबैभन्दा ठूलो चुनौती हो,’ उनले भनिन्, ‘दण्डहीनता अर्को चुनौती हो ।’

जतिसुकै राम्रो कानुन बने पनि त्यसको कार्यान्वयन नभएमा कुनै अर्थ नरहने उनले बताइन् । ‘जति राम्रो कानुन बने पनि कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेन, पीडितले त्यसबारे जानकारी प्राप्त गर्न सक्नुभएन, सेवामा पहुँच भएन र सेवा प्रदायकले संवेदनशील भएर सेवा प्रवाह गरिदिनुभएन भने न्याय प्राप्त हुन सक्दैन,’ उनले भनिन् । हिंसाका घटनामा ७५ प्रतिशतभन्दा बढी घटनामा प्रत्यक्ष रूपमा पुरुष देखिने गरेको उनले बताइन् । त्यसरी नै हिंसापीडितका पक्षमा आवाज उठाएकै कारण आफूमाथि धम्की आएको भन्दै अधिकारकर्मी, कानुन व्यवसायी साथै पत्रकारहरू आयोगमा उजुरी दिने गरेको उनले बताइन् ।

त्यसरी नै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का कार्यक्रम विश्लेषक तीर्थमान तामाङले महिला हिंसासम्बन्धी तथ्यांक प्रस्तुत गर्दै ५८ प्रतिशत महिला आफूले भोगेको हिंसाबारे कसैलाई नभन्ने गरेको र २८ प्रतिशत महिलाले मात्र समस्याबारे बताउने गरेको जनाए । त्यसमा पनि २ प्रतिशत मात्र न्यायका लागि प्रहरीकहाँ पुग्ने गरेको उनले जनाए ।

त्यसरी नै हिंसाले विभिन्न क्षेत्रमा क्षति पुर्‍याउने तथ्यांकले देखाएको उनले बताए । ‘हिंसाका कारण नेपाली अर्थतन्त्रमा वार्षिक रूपमा कम्तीमा ८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष तथा अप्रत्यक्ष क्षति हुने गरेको विश्लेषणले देखाएको छ,’ उनले भने । नेपालमा वार्षिक रूपमा विभिन्न हिंसाबाट १९ लाख ६० हजार महिला प्रभावित भएको उनले जनाए ।

महिलाले न्याय नपाउँदा त्यसको मूल्य पीडित महिला, परिवार र समग्र राष्ट्रिय अर्थतन्त्रले चुकाउनुपर्ने संयुक्त राष्ट्रसंघका कार्यक्रम विश्लेषक तीर्थ तामाङले बताएका छन् ।

महिलाले न्याय नपाउँदा त्यसको मूल्य पीडित महिला, परिवार र समग्र राष्ट्रिय अर्थतन्त्रले चुकाउनुपर्ने तीर्थले बताए । ‘हिंसाका कारण महिलाले स्वास्थ्य, सुरक्षा र जीवनका ऊर्जावान् वर्ष गुमाउनुपर्ने, परिवार र बालबालिकाको भविष्य प्रभावित हुने तथा कार्यस्थलको उत्पादनशीलतामा समेत असर पर्ने तथ्यांकले देखाएको छ,’ उनले भने ।

त्यसरी नै युनेस्को काठमाडौं कार्यालय प्रमुख जाको डु तोइतले हिंसा अन्त्य गर्ने जिम्मेवारी हिंसा भोग्ने व्यक्तिहरूमा मात्र नभएर यो सबैको साझा दायित्व रहेको बताए । ‘महिलाहरूले हिंसाको बारेमा किन बोलेनन् भनेर सोध्नुअगाडि उनीहरूलाई त्यसबारे बोल्न सुरक्षित वातावरण बनाउन हामीले के गर्‍यौँ भनेर हामीले आफैँलाई सोध्नुपर्छ,’ उनले भने ।

नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका चार जनामध्ये एक जना महिलाले शारीरिक हिंसा भोगेको बताउँदै सबै मिलेर महिला अधिकारवादी संस्था, सीमान्तकृत समुदाय, युवा समूह र पीडित समूहको नेतृत्वलाई प्राथमिकताका साथ लगानी र सम्मान गर्नुपर्ने उनले जनाए ।

त्यसरी नै कार्यक्रममा लैंगिक हिंसा अन्त्यका लागि नीतिगत साथै व्यावहारिक तहमा सुधार गर्नुपर्ने विषयमा समेत प्यानल छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उक्त अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ । बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा ...
— सरकारले पर्यटन पूर्वाधारको विकास र साहसिक पर्यटनको विस्तारका लागि विद्यमान कानुनमा सुधारको पहल गरेको छ । हाल प्रयोगमा रहेका पर्यटन र प्राकृतिक स्रोतसँग सम्बन्धित कानुनमा संशोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको अगुवाइमा ७ मन्त्रीबीच छलफल भएको हो । कानुन मन्त्रालयमा भएको छलफलमा प्रकृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने र त्यसैमार्फत ...
— कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा मुख्यमन्त्री शाहीले तयारी, व्यवस्थापन र कार्यसम्पादनमा देखिएका कमजोरी तथा समन्वय अभाव हटाएर अघि बढ्न निर्देशन दिएका हुन्। प्रतियोगिताको तयारीमा समन्वय अभाव ...
। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् । निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । बुधबार देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुकलगायतको बैठकअघि कोइराला र निधिबीच भेटवार्ता भएको थियो । स्रोतका अनुसार ...