मुख्य समाचार
नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको
नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको

। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको जिकिर गरेका छन् ।

बुधबार केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले अब छिट्टै गाउँगाउँमा पुग्ने बताए ।
‘अब छिट्टै गाउँगाउँमा टोल टोलमा पुगेर कांग्रेस तयार छ भन्ने सन्देश दिन्छौं । हामी कांग्रेसमा आबद्ध हुन आउने सबैलाई समेटेर जाने हो । अहिले आम देशवासीले नेपाली कांग्रेस भनेर चिनेको सभापति गगनकु्मार थापा नेतृत्वको नेपाली कांग्रेस हो,’ राईले भने, ‘यदि त्यसो होइन हाम्रो पार्टीको झण्डा र रुख चिन्ह प्रयोग गरेर कुनै कार्यक्रम आयोजना हुन्छ भने हामीले भन्दा पनि निर्वाचन आयोगले जान्ने कुरा हो ।’

संविधान र लोकतान्त्रिक व्यवस्था संरक्षणका लागि नागरिकको विश्वास जित्न कांग्रेस तयार रहेको सन्देश तल्लो तहमा पुर्‍याउनुपर्ने विषयमा केन्द्रित भएर सदस्यहरुले कुरा राखिरहेको बताए ।


नेपाली कांग्रेस पार्टीमा आबद्ध हुन चाहाने सबैलाई समेटेर अघि बढ्ने समेत उनले बताए । उनले पार्टीको आधिकारिकताको विवाद समाप्त भइसकेको समेत दाबी गरे ।

‘बैठकमा कांग्रेस तयार छ भन्ने अभियान कसरी अगाडि बढाउने र उक्त अभियानलाई कसरी ग्रासरुटसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । र केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्ने कार्य जारी छ । नेपाली कांग्रेस अगामी दिनमा हुने स्थानीय र प्रदेश निर्वाचनको लागि तयार छ,’ उनले भने ।

उनका अनुसार बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र पार्टीले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा आ–आफ्ना धारणा प्रश्तुत गरिरहेका छन् ।

बैठक बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उच्च जोखिमको सूचीमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउन ‘सञ्जीवनी’ परियोजना सुरु गरिएको छ। संखुवासभाको लोअर बरुण, सोलुखुम्बुको होंगु–२ र लुम्दिङ तथा मनाङको थुलागी हिमतालको सतह घटाउन लागिएको हो। हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न हरित जलवायु कोष (जीसीएफ) को सहयोगमा सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत ४ करोड ९९ लाख ...
: नवलपुरको मध्यविन्दु नगरपालिका-११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाले जानकारी दिए । कावासोती नगरपालिका-१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ (तरबारबाजी) खेल समावेश नगरिएकोप्रति नेपाल फेन्सिङ संघले आपत्ति जनाएको छ। संघले लामो समयदेखि राष्ट्रिय खेलकुदको हिस्सा रहँदै आएको खेललाई अन्तिम समयमा सम्बन्धित संघसँग परामर्श नगरी हटाइएको भन्दै दुःख व्यक्त गरेको हो। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा फेन्सिङलाई समावेश नगरिएको संघले जनाएको छ। ओलम्पिक ...
: काठमाडौंको नरदेवीमा मनाइने ऐतिहासिक श्री ङ्यतभुलु अजिमा (नरदेवी) को १२ वर्षे जात्रा सुरु भएको छ। नेवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रामा विभिन्न देवीदेवताको मुकुन्डो धारण गरेका देवगणले परम्परागत देवी नाच प्रस्तुत गरिरहेका छन्। मल्लकालदेखि चल्दै आएको विश्वास गरिने यस जात्रामा नरदेवी, कुमारी, भैरव, गणेश, महालक्ष्मीलगायत देवीदेवताको नाच प्रदर्शन गरिन्छ। १२ वर्षे ...
। लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले सूचना प्रकाशित गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन निर्देशन दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम