। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।
एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।
नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युएईलाई हराएको हो ।
नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।