मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान

। प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन् ।

उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताए ।

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुन:स्थापनालाई सरकारले प्राथमिकता दिएको बताए । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।


यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरे ।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरे ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तरराष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ । नेपालमा ‘ लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै अभियानको सफलताको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् ...
: पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन गरेको छ। पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड,प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगायतकाविरुद्ध पत्रकार महासंघले देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । यसैक्रममा पत्रकार ...
। उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले साढे २६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी उक्त परिमाणमा गाँजाका बोट नष्ट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर ९ गते सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका कटारी, बेलका, लिम्चुङबुङ ...
: नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट संशोधित विधान र नयाँ कार्यसमितिको अभिलेख अद्यावधिक भएको छ। निर्वाचन आयोगको बैठकले कांग्रेसको विवरण अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले कांग्रेसको विवरण बुधबार अद्यावधिक भएको जानकारी दिए। गत असोजमा भएको कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। कांग्रेसले विधान संशोधन गर्दै विभिन्न पदहरू सिर्जना गरेको थियो। ...
। नेकपाका नेता वर्षमान पुनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् । रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अहिले सत्तामा रहेकाले राज्य संयन्त्रको दुरुपयोग गरे भोलि सत्तामा आउनेले पनि बदला लिने प्रवृत्ति बढ्ने बताए । यस्तो प्रवृत्तिले अन्ततः लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँदै राज्यलाई स्वेच्छाचारी बनाउने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम