मुख्य समाचार
कांग्रेसको १५औं महाधिवेशनको विवरण निर्वाचन आयोगले गर्‍यो अद्यावधिक
कांग्रेसको १५औं महाधिवेशनको विवरण निर्वाचन आयोगले गर्‍यो अद्यावधिक

: नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट संशोधित विधान र नयाँ कार्यसमितिको अभिलेख अद्यावधिक भएको छ।

निर्वाचन आयोगको बैठकले कांग्रेसको विवरण अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले कांग्रेसको विवरण बुधबार अद्यावधिक भएको जानकारी दिए।

गत असोजमा भएको कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। कांग्रेसले विधान संशोधन गर्दै विभिन्न पदहरू सिर्जना गरेको थियो। सोही विधानसहितको नयाँ कार्यसमितिको विवरण अद्यावधिक भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले साढे २६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी उक्त परिमाणमा गाँजाका बोट नष्ट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर ९ गते सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका कटारी, बेलका, लिम्चुङबुङ ...
। नेकपाका नेता वर्षमान पुनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् । रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अहिले सत्तामा रहेकाले राज्य संयन्त्रको दुरुपयोग गरे भोलि सत्तामा आउनेले पनि बदला लिने प्रवृत्ति बढ्ने बताए । यस्तो प्रवृत्तिले अन्ततः लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँदै राज्यलाई स्वेच्छाचारी बनाउने ...
। हुम्लाको सदरमुकाम सिमकोटबाट छोटो दूरीमै रहेका पञ्चमुखी हिमाल र लडेदह प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका यी स्थल छोटो दूरीको पदयात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन् । सिमकोट गाउँपालिका–४ को बुराउसेमा पर्ने पञ्चमुखी हिमाल र लडेदह छोटो दूरीको पदयात्राका लागि उपयुक्त ...
: युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्णरूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ ...
। रोजगारीका लागि लाखौं खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरू कम्पनी बाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम