: भुटानमा आयोजना हुने गेलेफु टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ‘ए’ टोलीको घोषणा भएको छ। सन्तोष यादवको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। सन्तोषले पहिलो पटक नेपाल ‘ए’टिमको कप्तानी गर्न लागेका हुन्।
डिसेम्बर ४ देखि १३ सम्म आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालले ‘ए’ टोली पठाउन लागेको हो भने भुटान,बहराइन,थाइल्यान्ड र माल्दिभ्सको राष्ट्रिय टोलीले खेल्न लागेका हुन्।
नेपालको टोलीः
सन्तोष यादव (कप्तान), विवेक कुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैशी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इम्रान शेख।