मुख्य समाचार
मन्त्री रामजी यादवले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताए
मन्त्री रामजी यादवले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताए

: युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्णरूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको बताए।

उनले बालबालिकालाई विद्यालयबाट निकालेर काममा लगाउने उद्देश्य नरहेको र विद्यालयमै टिकाउनुपर्नेमा जोड दिए। तर, गरिबी, पारिवारिक अवस्था वा अभिभावकविहीनताका कारण बालबालिकाको हेरचाह र संरक्षणमा देशले खेल्न सक्ने भूमिकाको यथार्थ पनि विचार गर्नुपर्ने उनको भनाइ छ।

उनले देशको अवस्थाअनुसार वैज्ञानिक आधारमा १३ वर्षसम्म बालश्रम रोक्नुपर्ने र १३ देखि १५ वर्षसम्मका बालबालिकालाई घरमा आमाबुबालाई सघाउनेजस्ता सामान्य काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको जानकारी दिए।

त्यस्तै १५ देखि १८ वर्षका बालबालिकाका लागि वर्ग छुट्याएर अनुसूचीमा व्यवस्था गरिएको उनले बताए। प्रस्तुत विधेयकमा निषेध, नियमन, उद्धार, पुनःस्थापना र पुनःएकीकरणलाई एउटै फ्रेममा समेटेर प्रस्ताव गरिएको मन्त्री यादवले बताए।

मन्त्री यादवले विगतमा सहयोग वा पढाइका लागि बालबालिका राख्ने चलन भए पनि अहिले कानुनी कारबाही वा पक्राउ पर्ने डरले असल नियतले हेरचाह गर्न पनि हिचकिचाउने अवस्था देखिएको भन्दै त्यस्ता विषयलाई स्पष्ट र व्यवस्थित गर्न नियमन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रोजगारीका लागि लाखौं खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरू कम्पनी बाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । ...
: काठमाडौं महानगरपालिकाले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। वडा कार्यालय अगाडिको जग्गामा निर्माण गर्न लागिएको 'काठमाडौं स्कुल फर चिल्ड्रेन विथ अटिजम एन्ड रिसर्च सेन्टर’को काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरे। प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न, खेल्न र पढ्न पाउने बराबर अधिकार रहेको उल्लेख गर्दै अटिजम, बौद्धिक वा शारीरिक अपाङ्गता भएकाहरूलाई ...
: यातायात व्यवस्था कार्यालय बुटवल, रूपन्देहीबाट सात जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार यातायात कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेकाहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नं. ५ गुल्मी बस्ने २३ वर्षीय मनोज अर्याल, तिलोत्तमा नगरपालिका वडा नं. ५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. १३ का ४३ वर्षीय लक्ष्मी खनाल ...
: मकवानपुरको भीमफेदी गाउँपालिका–१, रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले थिङको घरमा चेकजाँच गरेको थियो। तलासीका क्रममा घरको खाटमुनि बोराभित्र लुकाई छिपाई राखेको चालु अवस्थामा रहेका दुई ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधानविपरीत कार्य गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई विधानविपरीत गतिविधि नगर्न सचेत गराएका हुन्। उनले शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको सदस्यता लिएमा सम्बन्धित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम