मुख्य समाचार
आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने
आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् ।

जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय अधिकारीहरूसँगको छलफलमा युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो (करिब १२५ अर्ब ४५ करोड अमेरिकी डलर) बराबरको वैदेशिक आर्थिक सहयोग चाहिने बताएका हुन् ।
उनका अनुसार आगामी वर्षका लागि युरोपेली संघ (ईयू) बाट करिब ९० अर्ब युरो (९८ अर्ब ६८ करोड डलर) बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ ।

बाँकी २५ अर्ब युरो (२७ अर्ब ४१ करोड डलर) जुटाउने स्रोतबारे भने सरकारले विभिन्न पक्षसँग छलफल गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा अबु नहल मारिएको पुष्टि गरेको छ । ५० वर्षीय नहललाई यसै वर्षको सेप्टेम्बरमा आन्तरिक सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो । उनका पूर्ववर्तीलाई इजरायली सेनाको ...
: संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यक्तिगत रूपमा अर्को व्यक्तिलाई ब्याजमा पैसा ऋण दिने कार्यलाई गैर कानूनी मानिन्छ । यस्तो कारोबारमा संलग्न व्यक्तिलाई आपराधिक कसुरमा कम्तीमा एक वर्ष कैद र ५० हजार दिराम जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी हो। कानुनले प्रत्यक्ष ब्याज मात्र नभई ...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उद्धार कार्यमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायत सम्बन्धित निकायका टोली खटिएका थिए। दुर्घटनाको कारण ...
। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ । जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम