मुख्य समाचार
खेलकुदमन्त्रीले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल
खेलकुदमन्त्रीले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल

: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो। छलफलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी भएका थिए।

छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा अगाडि बढ्ने विषय राखेका छन्। आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा भेन्युबाट ‘होम एन्ड अवे’ को अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ सिजनसम्म पुग्दा आठवटै घरेलु मैदानमा खेल संचालन गर्न सकिने विषयमा छलफल गर्न खोजिएको हो।

‘पहिलो चरणमा कुन मोडालिटी र समयसीमाभित्र रङ्गशाला निर्माण गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ,’छलफलमा मन्त्री पोखरेलले भने, ‘सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जाने कि क्लबहरूलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मा दिने भन्ने विकल्पमा सरकार खुला छ।’यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उनको भनाइ थियो।

छलफलमा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डीआरएस)का कारण एउटै मैदानमा लिग गर्दा पनि लागत उच्च रहेको विषय उठेको थियो। सोही सन्दर्भमा ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी (कस्ट सेयरिङ) र रेभिन्यु सेयरिङको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी बनेको छ।

बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महँगो डीपीआरलाई परिमार्जन गरि सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्रै तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गरेका छन्। ‘एनपीएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौँ। हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ। राम्रो काम गर्ने इगोमात्र उहाँहरुमा छ। त्यसैले सहकार्यमा काम गर्न असहज छैन,’ खड्काले भने।

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले पनि आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन्। अन्य मैदानको हकमा अपसी सहकार्य गरेर रंगशाला निर्माणमा पनि लाग्नसक्ने विषय उनीहरुको थियो। सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन पनि आफूहरू तयार रहेको उनीहरुले बताए। यस्तै, क्लबका प्रतिनिधिहरुले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत क्लबका प्रतिनिधिहरूले सुझाएका छन्।

छलफलमा सरोकारवालाहरूको सुझाव समेट्दै मन्त्री पोखरेलले आफूहरुले पीपीपी मोडलमै काम गर्न चाहेको र त्यसको लागि क्लबहरुसँगै सहकार्य गर्ने कुरालाई सरकारले प्राथमिकतासाथ हेरेको बताए। ‘अब यसलाई कमर्सियल एंगलले पनि सोच्नुपर्छ। पीपीपी मोडलमै हामी जाने हो। अरु निजी क्षेत्रसँग जानुभन्दा पनि एनपीएलका क्लबसँगै जानुपर्छ भनेर तपाईंहरुसँग छलफल गरेका हौँ,’मन्त्री पोखरेलले थपे, ’यसमा तपाईंहरुको सकारात्मक प्रतिक्रियाले थप उत्साह थपेको छ। घोषणा गरेअनुरुप एउटा मोडालिटी बनाएर छिटै काम सुरु हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सेनेगललाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को विजेता पुनः घोषणा गरिएको छ। खेलकुदसम्बन्धी सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले अफ्रिकी फुटबल महासंघ (काफ) को अघिल्लो निर्णय उल्टाउँदै सेनेगललाई उपाधि फिर्ता दिएको हो। यसअघि काफको पुनरावेदन समितिले जनवरीमा भएको फाइनलको नतिजा उल्टाउँदै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो। ...
: एसिया कप राइजिङ स्टार्समा‌ समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह बी मा नेपालले तीन खेलमा एक मात्र जित दर्ता गर्दै समूहचरणबाटै बाहिरिएको हो। लाई हराउँदै पाकिस्तान ‘ए’ भने समूह बीको विजेताको रुपमा सेमिफाइनल खेल्नेछ। कतारको दोहास्थित भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गरे ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन् । भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम