मुख्य समाचार
भारत भ्रमणको समझदारीले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव : होटल व्यवसायी
भारत भ्रमणको समझदारीले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव : होटल व्यवसायी

: प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका छलफल तथा समझदारीहरूले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन्।

भ्रमण दलमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै यस्तो धारणा राखेका छन्।

संयुक्त वक्तव्यअनुसार भैरहवा हवाई मार्ग, अयोध्या–जनकपुर रेल सेवालगायत पर्यटकीय महत्वका विभिन्न सर्किटहरूको सञ्जाल विस्तारबाट नेपालमा भारतीय पर्यटकको आगमन संख्या दोब्बरले वृद्धि गर्न सकिने सम्भावना देखिएको छ।




दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीचका समझदारी र १० बुँदे अवधारणापत्रमा जनस्तरको सम्बन्ध सुदृढ बनाउन पर्यटनको महत्व र आर्थिक समृद्धिमा यसको योगदान समेटिनु सकारात्मक रहेको व्यवसायीहरूले जनाएका छन्।

अयोध्या–जनकपुर रेल सञ्चालनले जनकपुरसहित समग्र नेपालको पर्यटन विकासमा महत्वपूर्ण प्रभाव पार्ने वक्तव्यमा भनिएको छ। यसैगरी, भैरहवा नाकाबाट दुईतर्फी हवाई उडान सञ्चालन गर्ने सहमति भइसकेकाले सो सेवा छिटोभन्दा छिटो सुरु गर्न दुवै देश अग्रसर हुनुपर्ने अपिलसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो । अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्चालन गरिएका रेस्टुरेण्ट ...
। २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट ५ सयदेखि ७ सय ...
। काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरे । सम्झौता अनुसार धुलिखेल नगरपालिका–७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलमा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन्। इजरायली राजदूतावासद्वारा मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण मरुभूमि मुलुक इजरायल प्रविधि र कृषिमा विश्वकै अग्रणी बनेको उल्लेख गरे। विगत १५ वर्षदेखि ...
: भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ। रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम