मुख्य समाचार
काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने
काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने

। काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरे ।

सम्झौता अनुसार धुलिखेल नगरपालिका–७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलमा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ । पार्क निर्माणको अनुमानित लागत ७ करोड रुपैयाँ हो ।


बहुवर्षीय योजनाका रूपमा अगाडि बढाइने कार्यक्रमका लागि महानगरपालिकाले यस वर्ष १ करोड लागत सहभागिता उपलब्ध गराउने छ । यसरी उपलब्ध रकम त्यही योजना, त्यही स्थानका लागिमात्र खर्च गरिने छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रम कार्यान्वयनमा नागरिक सहभागिता र अपनत्व प्रमुख सर्त भएको बताइन् ।

‘नत्र, कसले बनायो, कसका पालामा बनेको हो जस्ता कुराले योजना नै अलपत्र पर्न सक्छ,’ उनले भनिन्, ‘यो नागरिक केन्द्रित कार्यक्रम हो भन्ने बिर्सन हुँदैन ।’

वातावरणमैत्री पूर्वाधार निर्माण सन्दर्भमा उनले अत्यावश्यक ठाउँमा मात्र कंक्रिट प्रयोग गर्न र प्राकृतिक स्वरूप पार्कको मूलभूत विशेषता हुनुपर्ने बताइन् ।

धुलिखेलका कार्यवाहक प्रमुख जंगमले यति ठूलो योजनामा आँट गर्न नसकेका बेला काठमाडौं महानगरपालिकाले वास्तवमै नगरको अवस्था उकास्न सहयोग गरेको बताए । ‘हामी सम्झौतामा उल्लेख भएको व्यवस्थाभन्दा पनि उत्तम नतिजा दिन चाहन्छौं,’ उनले भने ।

त्यस क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले निर्धारित समयभित्र काम सम्पन्न हुने आशा व्यक्त गरे ।

त्यस्तै धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले नगरस्तरीय मैत्री सम्बन्ध दिगो बनाउने माध्यमका रूपमा पार्क निर्माण गरिने बताए ।

सम्झौता बमोजिम साझेदारी प्रारूपमा निर्माण हुने पार्क प्रवेश गर्दा जारी हुन सक्ने टिकट, पार्कसम्बन्धी डकुमेन्ट्री, ब्रोसर, शिलालेख वा यस सम्बन्धी थप कागजात समेतमा ‘काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्माण भएको पार्क’ भन्ने बेहोरा उल्लेख हुनेछ ।

पार्क निर्माण गर्न थप प्राविधिक परामर्श आवश्यक परेर माग भए महानगरपालिकाले विषयविज्ञबाट नि:शुल्क परामर्श सेवा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका छलफल तथा समझदारीहरूले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। भ्रमण दलमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन्। इजरायली राजदूतावासद्वारा मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण मरुभूमि मुलुक इजरायल प्रविधि र कृषिमा विश्वकै अग्रणी बनेको उल्लेख गरे। विगत १५ वर्षदेखि ...
: भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ। रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा ...
। भारतको विपक्षी दल अखिल भारतीय तृणमूल कङ्ग्रेस (टीएमसी) की लोकसभा सांसद महुआ मोइत्राले नेपालका प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेकी छन्। पश्चिम बङ्गालको कृष्णनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्य रहेकी मोइत्राले मङ्गलबार एक्स मार्फत कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरव दासलाई विदेश यात्राबाट रोकिएको दाबी गर्दै प्रधानमन्त्री ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति ११:१५ बजे काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर उक्त पदार्थ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम