मुख्य समाचार
कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान
कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान

। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा ठूलो सम्भावना बोकेको उल्लेख गरे। तर, यस प्रविधिको तीव्र विकाससँगै उत्पन्न भइरहेका जोखिमको सामना गर्न साझा अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घ र बार्बाडोस सरकारले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री मिया मोटलीसहित विभिन्न देशका सरकारी अधिकारी, प्रविधि कम्पनीका प्रतिनिधि, वैज्ञानिक, नागरिक समाजका सदस्य तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

महासचिव गुटेरेसले एआईका जोखिम पहिचान र उन्नत प्रणालीको निगरानी गर्ने विषयमा विभिन्न देशको क्षमता समान नरहेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने बताए। उनले एआई प्रणालीको सुरक्षा परीक्षणका लागि साझा विधि विकास गर्ने, स्वतन्त्र निगरानी संयन्त्र बलियो बनाउने र अनुभव आदानप्रदान गर्ने आवश्यकतामा जोड दिए।


त्यस्तै, एआई प्रविधिको सुरक्षित प्रयोगका लागि आवश्यक प्राविधिक तथा संस्थागत क्षमता नभएका देशलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा बार्बाडोसकी प्रधानमन्त्री मोटलीले एआई प्रणाली विकास गर्ने कम्पनीलाई त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिप्रति जवाफदेही बनाउनुपर्ने बताए। एआई प्रणालीले व्यक्ति वा संस्थालाई जोखिममा पारेको अवस्थामा सरकारले आवश्यक हस्तक्षेप गर्न सक्ने अधिकार सुरक्षित राख्नुपर्नेमा पनि उनले जोड दिए ।

सम्मेलनको मुख्य उद्देश्य एआईका जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय बढाउनु र साझा नियम निर्माणका उपायबारे छलफल गर्नु रहेको थियो । एआईको सम्भावनालाई मानवहितमा उपयोग गर्दै यसबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा पनि सम्मेलन केन्द्रित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ । ‘सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नेपालमै विकसित सेल ब्रोडकाष्ट ...
। कृत्रिम बौद्धिकता (एआई) का बारेमा विश्वविद्यालयहरूले आफूखुसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दाबीसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। कानुनका विद्यार्थीहरूले एआईका बारेमा राज्यको स्पष्ट नीति र त्यसमा आधारित कानुन जारी नहुँदासम्म विश्वविद्यालयहरूले आफूखुसी रूपमा प्रयोग गर्ने बौद्धिक चोरी नियन्त्रणसम्बन्धी सफ्टवेयर प्रयोग गर्न नहुने माग गरेका ...
। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन शुक्रबार ...
: माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस सुरु भएको छ । माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुकलगायतका सेवा प्रभावित हुँदा विश्वका विभिन्न देशका व्यवसाय, सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले समस्या भोग्नुपरेको थियो । माइक्रोसफ्टका अनुसार नियमित स्वचालित जाँचका क्रममा केही सर्भर बन्द हुँदा बाँकी सर्भरमा ...
। प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई समाधान गर्न गरिएका परिवर्तनहरूले अपेक्षाअनुसार काम गरिरहेका छैनन् भनी बताएको छ। कम्पनी समस्या समाधान गर्न अन्य विकल्पहरूको खोजी गरिरहेको छ। यसको उद्देश्य सकेसम्म धेरै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम