मुख्य समाचार
झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ
झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

: झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९:३० बजेतिर दमक नगरपालिका–९ प्रधान टोलमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेको थियो ।

प्रहरीले छापा मारेर स्थानीय २५ वर्षीय युनिक श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० बस्ने २५ वर्षीय साहिल केसीलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाइएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा उक्त लागुऔषध दमक नगरपालिका–५ गौरस टोल बस्ने ४९ वर्षीया गीता देवी रायसँग किनेर ल्याएको खुलेपछि प्रहरीले उनको घरमा समेत खानतलासी गरेको थियो । खानतलासीका क्रममा रायले सुत्ने कोठामा पोका पारी लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकबाहेक ७ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

बरामद लागुऔषधसहित तीनैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो । ‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन ...
: झापा कारागार, भद्रपुरमा जेल जीवन बिताइरहेका एक कैदी अस्पतालबाटै फरार भएका छन् ।झापाबाट उपचारका लागि मोरङ लगिएका कैदी सुमन भन्ने सन्तोष राई फरार भएका हुन् । भारतको पश्चिम बङ्गाल तथा अछाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए । बिरामी ...
। प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ । जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले नयाँ कानुन थप्दै जाने ...
: कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताएकी छन्। मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापन सम्बनधी अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण साझा सम्पदा जोखिममा परेको भन्दै भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम