मुख्य समाचार
समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक
समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।




उनले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताए ।

अर्थमन्त्री वाग्लेले विभिन्न अध्ययन र प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको बताए ।


नियमन आवश्यक भए पनि अत्याधिक कानुनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पुर्‍याउनसक्ने बएयो ।

एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभाष उत्पन्न हुने उनले बताए ।

पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने बताए ।

पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा नयाँ कानुन बनाउने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानुन थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्‍याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’

अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानुनी व्यवस्थाको उदाहरण दिँदै नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेको अवस्थामा पुराना कानुनको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापा कारागार, भद्रपुरमा जेल जीवन बिताइरहेका एक कैदी अस्पतालबाटै फरार भएका छन् ।झापाबाट उपचारका लागि मोरङ लगिएका कैदी सुमन भन्ने सन्तोष राई फरार भएका हुन् । भारतको पश्चिम बङ्गाल तथा अछाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए । बिरामी ...
। प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ । जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ...
: झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९:३० बजेतिर दमक नगरपालिका–९ प्रधान टोलमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ...
: कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताएकी छन्। मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापन सम्बनधी अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण साझा सम्पदा जोखिममा परेको भन्दै भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता ...
: संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि,प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम