:धादिङको गल्छी गाउँपालिका –७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान ११ बजेतिर काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते मोटरसाइकल चालक जिल्ला डडेलधुरा अजयमेरु गाउँपालिका बस्ने अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्टलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनाको सम्बन्धमा टिपर र चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका–२ बस्ने अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।