। जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए ।
अपराध रोकथाम तथा नियन्त्रण गर्न समाजमा शान्ति, सुव्यवस्था कायम गर्न भन्दै प्रहरीले सार्वजनिक सेवा प्रवाहमा गर्ने स्थान, कार्यालयहरुमा निगरानी बढाउँदै बिचौलिया, गुण्डागर्दी, अपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरेको हो ।