मुख्य समाचार
आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती
आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती

: नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

सरकारका कुनै पनि व्यक्तिले आफूहरूलाई तर्साउन खोजेको भए गलत पार्टी र गलत मान्छे छानेको उनको भनाइ छ। पार्टी कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले सरकारले प्रतिपक्षीको आवाज दबाउन खोजे त्यसको सशक्त प्रतिवाद गर्ने बताए।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै थापाले आफूहरू रास्वपाका कुनै पनि समस्यामा नपस्ने स्पष्ट पारे। प्रतिपक्षी दलहरूको गठबन्धन गर्ने पक्षमा पनि आफूहरू नरहेको उनको भनाइ छ। 'जहाँ सरकारलाई साथ दिनुपर्छ, त्यहाँ दिन्छौं। प्रतिवाद गर्नुपर्ने ठाउँमा प्रतिवाद गर्छौं,' उनले भने, 'हामी प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्छौं। सरकार र नागरिकबीचका ग्यापहरूमा हामीले झकझकाउने काम गर्छौं।'

उनले सुकुम्बासी व्यवस्थापनको विषयमा पनि सरकारसँग प्रश्न गरेका छन्। अदालतले रोक्दारोक्दै घरबार भएका मानिसलाई उठिबास लगाइएको भन्दै उनले त्यसको समाधान खोइ भनेर प्रश्न गरे। सरकारले अध्यादेश ल्याए पनि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक किन नल्याएको भन्दै उनले प्रश्न उठाए। भदौ २३ र २४ गतेका घटनासम्बन्धी अध्यादेशबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

सरकारले आफ्ना नजिकका व्यक्ति वा पार्टीका सदस्यलाई संरक्षण गर्न नहुने थापाले बताए। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफूहरूले नजिकका व्यक्तिका कारण कसैले उन्मुक्ति पाउन नहुने बताएको स्मरण गर्दै उनले अहिले प्रधानमन्त्री बालेन शाहसँग निकट वा रास्वपामा आबद्ध भएकै आधारमा कसैले छुट पाउन नहुने बताए।

'सरकारलाई निजी कम्पनीजस्तो चलाउन थालियो भने हामी बोल्छौं। त्यसो हुन दिँदैनौं,' उनले भने, 'सरकार सरकारजस्तो भएर चल्नुपर्छ, प्रतिपक्ष प्रतिपक्षीजस्तो। हामीले त्यही भूमिका निर्वाह गरिरहेका छौं।'

त्यस्तै निवर्तमान सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि जनाएका छन्। देउवाको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको उल्लेख गर्दै उनले देउवाले आफ्नो राजनीतिक हैसियत र मर्यादा कायम राख्नुपर्ने बताए।

'देउवा दाइ निवर्तमान सभापति मात्रै होइन, प्रजातान्त्रिक लडाइँमा उहाँको ठूलो योगदान छ। उहाँसँग प्रतिस्पर्धा गरेर आएको हुँ। उहाँ अग्लो ठाउँमा बस्नुस् भन्ने मेरो चाहना हो,' उनले भने।

जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको भन्ने भिडियो भाइरल भएको प्रसंग उल्लेख गर्दै उनले देउवाले समेत टाउको हल्लाएर त्यसलाई समर्थन गरेको देख्दा चिन्ता लागेको बताए।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न आफू तयार रहेको पनि थापाले बताए। महाधिवेशनमा छुटेका साथीहरूलाई सँगै लिएर अघि बढ्न छलफल गर्न तयार रहेको उनको भनाइ छ।

कांग्रेस आधिकारिकतासम्बन्धी मुद्दाको पुनरावलोकनका लागि निस्सा दिएको विषयमा केही नेता अलमलमा रहेको उल्लेख गर्दै उनले संसद् पुनःस्थापनासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको बताए। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन आफ्नै नेतृत्वमा हुने दाबी गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध,आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले कतारको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै ...
: काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार नमोबुद्ध मेला लागेको छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन यहाँ नमोबुद्ध मेलाका साथै जात्रा लाग्ने गर्दछ। जात्रामा दिवङ्गत आत्माहरूको स्मरणमा दीप प्रज्वलन तथा पूजाआजा गर्ने गरिन्छ। देशका विभिन्न जिल्लासँगै अन्य देशबाट समेत बौद्ध धर्मावलम्बीहरू जात्रामा आउने गर्छन्। पूर्णिमाको दिन शान्तिका प्रतीक गौतम बुद्धले पूर्वजन्ममा ‘राजकुमार’का ...
। जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।
: प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो । सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । अपराध रोकथाम तथा नियन्त्रण गर्न समाजमा शान्ति, सुव्यवस्था कायम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम