मुख्य समाचार
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन

: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन्।

दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ। नेपाल र भारतका सरकारी अधिकारीहरूको उपस्थितिमा शिलालेख अनावरण तथा हस्तान्तरण कार्यक्रम गरिएको हो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक पूर्णप्रसाद रिजाललगायतको उपस्थिति थियो।

यसैगरी नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव श्रीनारायण सिंह, इन्डियन आयल कर्पोरेसन (आइओसी)पटनाका प्रमुख आलोककुमार रोय, अमित दास गुप्तालगायत भारतीय अधिकारीहरू कार्यक्रममा सहभागी थिए।

२०७६ सालमै पहिलो चरणको काम सम्पन्न भई सञ्चालनमा आएको यस परियोजनामा थप दुई अर्ब ६४ करोड रुपैयाँको लगानीमा नयाँ पूर्वाधार थप गरिएको हो। दोस्रो चरणको निर्माणमा नेपाल आयल निगमले एक अर्ब ६४ करोड र भारतले एक अर्ब रुपैयाँ खर्च गरेको छ।

यस चरणमा नेपालको तर्फबाट चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोल ट्याङ्की, २४ ‘बे’ को ट्याङ्क–ट्रक लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम र गुणस्तर नियन्त्रण प्रयोगशाला निर्माण गरिएको छ । यसैगरी भारतको लगानीमा चार हजार एक सय किलोलिटर क्षमताको अर्को पेट्रोल ट्याङ्की, दुई सय ५० किलोलिटर क्षमताको ट्रान्समिक्स ट्याङ्की र आधुनिक अग्नि नियन्त्रण पूर्वाधार निर्माण भएको छ।

दोस्रो चरणको परियोजना सम्पन्न भएसँगै अब पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेलसमेत भित्रिनेछ भने डिपोबाट दैनिक तीन सय ट्याङ्कर इन्धन लोड गर्न मिल्नेछ। परियोजना पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक दुई सय १३ वटा ट्याङ्करले ढुवानी गर्ने बराबरको इन्धन पाइपलाइनबाटै आउने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख अशोक साहले जानकारी दिए।

यसअघि पहिलो चरणमा भारतको चार अर्ब रुपैयाँको लगानीमा ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण गरिएको थियो। दक्षिण एसियाकै पहिलो क्रस–बोर्डर (अन्तरदेशीय) पेट्रोलियम पाइपलाइनको पहिलो चरणको उद्घाटन २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा गरेका थिए। पहिलो चरणमा पाइपलाइनबाट डिजेल मात्र आयात हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेको जानकारी गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणका बारेमा ब्रिफिङ गर्दै भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। प्रधानमन्त्री शाहले मोदीसँगको भेटवार्ताका क्रममा नेपालको औपचारिक भ्रमणको निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै मोदीले ...
: नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। 'नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,' उनले भने। ...
: सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र उत्थानका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र कलाको पहिचान तथा संरक्षण गर्दै जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको हो। यसका लागि समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता अध्ययन गरी विशेष विकास कार्यक्रमको खाका तयार गर्न छुट्टै ...
: नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगेको छ। मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा हुने संयुक्त सैन्य अभ्यासका लागि सोमबार भारतीय सैनिक टोली नेपाल आइपुगेको हो। भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका अधिकारीहरूले नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारीहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले ...
: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम