मुख्य समाचार
खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल
खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल

: खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो। छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड लेभलिङ)सहितको आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा हस्तान्तरण गर्ने वा निजी क्षेत्रलाई नै जग्गा लिजमा दिएर पूर्ण निर्माणको जिम्मा दिने विकल्पबारे कुराकानी भएको थियो।

छलफलको क्रममा मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताएका छन्। ‘हामीले सीमित बजेटबाटै भए पनि मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरिदिएर सरोकारवाला पक्षलाई लिजमा दिन सक्छौँ, जसले गर्दा स्तरोन्नति गर्न सहज हुन्छ,’मन्त्री पोखरेलले भने,‘फाप्लाको पनि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। अब यही हप्ताभित्र एनपीएलका सम्बन्धित टिमका सञ्चालकहरूसँग बसेर आधारभूत आवश्यकता बुझ्दै लिज सम्झौताको प्रक्रिया अघि बढाउँछौँ।

यसैगरी, एनपीएल छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक र प्राविधिक पक्षबारे समेत बैठकमा समीक्षा गरिएको छ।

फुटबलको तुलनामा क्रिकेटमा प्रविधि (रिभ्यु प्रणालीलगायत) महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि जडान गर्न चुनौतीपूर्ण रहे पनि ठूला सहरहरूबाट क्रमशः विस्तार गर्दै लैजान सकिने निष्कर्ष निकालिएको छ।

उक्त रंगशाला तथा मैदानहरू ठूला प्रतियोगिताका लागि मात्र नभई दैनिक अभ्यास, एकेडेमी सञ्चालन, स्थानीय लिग र ग्रासरुट तहका खेलकुद गतिविधि विस्तारका लागि समेत महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई एन्फा मुख्यालय पुगेका छन् । उनीहरू सोमबार एन्फा मुख्यालय सादोबाटो पुगेका हुन् । एन्फामाथि ११ असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आर्थिक तथा प्रशासनिक निलम्बन भएको थियो । ४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन ...
। आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् । दशौं खेलकुदका ...
। एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ। नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा ...
। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम