मुख्य समाचार
ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई पदमा पुन: फर्काएको दाबी
ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई पदमा पुन: फर्काएको दाबी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् ।

हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने विश्वास आफूले बोर्ड सदस्यहरूलाई दिलाएको ट्रम्पको भनाइ छ ।
एनभिडियाले हुआङलाई पुन: सीईओ नियुक्त गरेको घोषणा गरेलगत्तै सीएनबीसीसँग फोन अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहलमा जेन्सन कम्पनीको नेतृत्वमा पुन: फर्किएको दाबी गरेका हुन् ।

एनभिडियाको सञ्चालक समितिसँग सम्पर्क गरेको हो कि होइन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मैले उनीहरूसँग कुरा गरेँ र मनाएँ ।’


यसअघि सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले एनभिडियाको सञ्चालक समितिले हुआङलाई सीईओ पदमा पुन: ल्याउने निर्णय सही भएको बताएका थिए । उनले हुआङलाई ‘राष्ट्रिय सम्पत्ति’ समेत भनेका थिए ।

एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा प्रयोग हुने सेमिकन्डक्टर चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो ।

हुआङले करिब दुई साताअघि एनभिडियाको सीईओ पद छाडेका थिए । उनीसँग जोडिएका विवाह बाहिरका सम्बन्धसम्बन्धी रिपोर्ट सार्वजनिक भएपछि पदत्याग गरेको विवरणहरू आएका थिए । ती रिपोर्टमा सिंगापुरको एक कम्पनीकी पूर्वकार्यकारीसँगको सम्बन्ध पनि उल्लेख थियो । ती महिलाको चीनसँग सम्बन्ध रहेको अमेरिकी गुप्तचर निकायहरूले आशंका गरेको बताइएको थियो ।

यसैबीच, ट्रम्पले केही दिनअघि चीनको शेनझेनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग आफूले जेन्सनलाई दोस्रो अवसर दिनुपर्ने भनाइ राखेको ट्रम्पले बताएका छन् ।

हुआङबाट विगतमा केही गलत निर्णय भएको ट्रम्पले स्वीकार गरेका छन् । यद्यपि, उनले एनभिडियालाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम पालना गरेको सुनिश्चित गर्न आन्तरिक जाँच जारी राख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानको सशस्त्र बलका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा पाँचवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागीमा परेका छन् । ती जहाजहरू होर्मुज स्ट्रेट हुँदै गुज्रिएका थिए । उक्त जलमार्गबाट आवतजावत गर्न चाहने सबै जहाजले इरानी अधिकारीहरूसँग समन्वय गर्नुपर्ने र उनीहरूले तोकेका नियम पालना गर्नुपर्ने अधिकारीहरूले बताएका छन् । यस वर्षको सुरुदेखि अहिलेसम्म उक्त होर्मुजमा १६० भन्दा बढी सैन्य ...
। इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ । पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन् । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले उद्धार गर्न ...
: प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले 'मिस युनिभर्स २०२६' को उपाधि जितेकी छिन्। नोभेम्बर २५ (बुधबार) प्युरोर्टो रिकोको राजधानी सान जुआनमा आयोजित प्रतियोगिताको ७५औँ फिनालेमा उनलाई विजेता घोषित गरिएको हो। मिस युनिभर्स २०२५ फातिमा बोशले आफ्नी उत्तराधिकारी ब्यारेटोलाई ताज पहिराइदिइन्। यो जितसँगै जेनिफर मिस युनिभर्सको उपाधि जित्ने इतिहासकै पहिलो विवाहित महिला र आमा बनेकी छिन्। मोडल तथा ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीको जनसमर्थनमा उल्लेखनीय गिरावट आएको छ। पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणले सरकारको कार्यसम्पादनप्रति मतदाताको असन्तुष्टि तीव्र रूपमा बढ्दै गएको देखाएको छ भने प्रधानमन्त्रीको रोजाइमा विपक्षी लिबरल पार्टीका नेता एङ्गस टेलर अल्बानिजीभन्दा अगाडि देखिएका छन्। द अस्ट्रेलियनमा प्रकाशित सर्वेक्षणअनुसार प्रधानमन्त्री अल्बानिजीको कामप्रति ६४ प्रतिशत मतदाताले असन्तुष्टि जनाएका छन्। केवल ३३ प्रतिशतले मात्र उनको कार्यसम्पादनप्रति ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् । जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय अधिकारीहरूसँगको छलफलमा युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो (करिब १२५ अर्ब ४५ करोड अमेरिकी डलर) बराबरको वैदेशिक आर्थिक सहयोग चाहिने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम