मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदै
१०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदै

। आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् ।

दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।

दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।

त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।


लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्जा, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रदेशहरूबाट खेलाडीहरु पनि वीरेन्द्रनगर आइपुगेका छन् ।

वीरेन्द्रनगरको रंगशाला पनि सोमबार हस्तान्तरण गरेर उद्घाटन भइसकेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको लागि सबै तयारी पूरा गरी प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा र्‍यालीसमेत निकालिएको थियो । मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित खेलाडी तथा स्थानीयको सहभागितामा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो ।

लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औं खेलकुद सुरु हुन लागेको हो । धेरै प्रतियोगिताहरू सुर्खेतको रंगशालामा हुनेछन्। खेलको उद्घाटन र समापन पनि सुर्खेतकै रंगशालामा हुनेछ । उद्घाटन १६ गते हुँदैछ भने समापन मंसिर २७ मा हुने तय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सेनेगललाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को विजेता पुनः घोषणा गरिएको छ। खेलकुदसम्बन्धी सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले अफ्रिकी फुटबल महासंघ (काफ) को अघिल्लो निर्णय उल्टाउँदै सेनेगललाई उपाधि फिर्ता दिएको हो। यसअघि काफको पुनरावेदन समितिले जनवरीमा भएको फाइनलको नतिजा उल्टाउँदै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो। ...
: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि ...
: एसिया कप राइजिङ स्टार्समा‌ समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह बी मा नेपालले तीन खेलमा एक मात्र जित दर्ता गर्दै समूहचरणबाटै बाहिरिएको हो। लाई हराउँदै पाकिस्तान ‘ए’ भने समूह बीको विजेताको रुपमा सेमिफाइनल खेल्नेछ। कतारको दोहास्थित भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गरे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम