: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वर्षौंदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको एक भरपर्दो आपूर्तिकर्ता रहँदै आएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्।
उनले आफ्नो ‘छिमेकी पहिले’ नीतिको मर्मअनुरूप यस वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीहरूका बाबजुद पनि भारतले नेपालमा इन्धन, रासायनिक मल तथा अन्य अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई निरन्तरता दिएको उल्लेख गरे।
प्रधानमन्त्री मोदीले कठिन विश्वव्यापी तथा क्षेत्रीय परिस्थितिका बीच पनि नेपालको आधारभूत आवश्यकता पूरा गर्न भारत सधैं प्रतिबद्ध रहेको स्पष्ट पारेका