मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरे
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरे

। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् ।

आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् ।

उनले भने, ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैं अग्लो होस्, सहकार्य नदीझैं अविरल बगोस्, दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रिओस् ।’

नेपाल र भारतबीचको सम्बन्धलाई शब्दको सीमिततामा बाँध्न नसकिने भन्दै उनले सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको धारणा राखे । उनले दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताए ।


‘पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हो । अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्,’ उनले भने ।

उनले नेपालका भगवान पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र नेपाली जनताको स्नेह, प्रेम तथा सद्भाव भारत र भारतीय जनताका लागि लिएर राजकीय भ्रमणमा आएको बताए ।

भारतका प्रधानमन्त्री मोदीले दिएको निमन्त्रणा र न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्दै शाहले मोदीलाई पनि नेपाल भ्रमणको निम्तो दिए । साथै, भारतीय जनतालाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी तथा भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमणका लागि आमन्त्रण गरे ।

हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको भविष्य र साझा गन्तव्यको स्मरण गराउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधयादेश जारी गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्का दुवै ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे । यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा ...
। सर्वोच्च अदालतले कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) का बारेमा त्रिभुवन विश्वविद्यालय विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्विकार गर्ने) आदेश बदर गरेको हो । विश्वविद्यालयहरूले आफूखसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दावी सहित पेश भएको रिट निवेदन सर्वोचच अदालत ...
। लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् । आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी राउटे समुदायका प्रतिनिधिले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् । कृषि, वन तथा ...
। वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ। सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो। आरोही महर्जनले भने, ‘घटनाबारे जानकारी ...