मुख्य समाचार
संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास
संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यम मार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् ।

संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ मा परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइने छ । पीडीए अनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले नि:शुल्क प्राप्त गर्ने छ ।


व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गरिने व्यवस्था छ ।

आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम पनि भइरहेको छ । आयोजनाबाट प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण गरिएको छ । उक्त रकम करिब २ सय ५३ परिवारले प्राप्त गरेका छन् ।

आयोजनाका लागि कुल १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने योजना छ । निर्माणस्थलमा पर्ने ६ सय ५६ जनाले मुआब्जा पाउनेछन् भने आयोजना निर्माणबाट २ सय ६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् ।

तल्लो अरुण आयोजनाको संरचना चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा रहने छ । निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई खाँदबारी नगरपालिका–२ चेवाबेँसीबाट करिब १७.३ किलोमिटर लामो सुरुङ मार्फत तल्लो अरुणको विद्युत्गृहमा पुर्‍याइने छ ।

एउटै नदी प्रणालीमा निर्माण भइरहेका अरुण तेस्रो र तल्लो अरुण आयोजनाले उपलब्ध जलस्रोत उपयोग गर्दै विद्युत् उत्पादन गर्नेछन् । तल्लो अरुण निर्माण सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा थप योगदान पुग्नुका साथै संखुवासभा र समग्र कोशी प्रदेश पूर्वाधार विकास तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह ...
। प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ । सो गाडीभित्र खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धरान उपमहानगरपालिकाबाट इटहरी उपमहानगरपालिका तर्फ गइरहेको ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यतासँग जोड्दै भगवान् राम र माता सीता दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीक रहेको बताएका हुन् । ‘भारत–नेपाल सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् । आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । ‘दलहरूले त विदेशीहरूको चाहना, दबाब, प्रलोभनमा वा आफ्नै कुबुद्धी कुनै कुराको सिकार भएर देशलाई धर्मनिरपेक्ष बनाए होलान्,’ लिङ्देनले भने, ‘उनीहरूले फसे, ...
। प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।