मुख्य समाचार
गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन
गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन

। इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ हजार बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।

मन्त्रालयका अनुसार गाजा क्षेत्रका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ भने समग्र पूर्वाधारको करिब ९० प्रतिशत नष्ट भएको छ ।

आवासको तत्काल आवश्यकता रहेका तीन लाख ५० हजार परिवारमध्ये दुई लाख ७० हजार परिवार तीन वर्षभन्दा लामो समयदेखि आधारभूत सुविधाविनै पालमा बस्दै आएका छन् ।


वर्षायाम सुरु भएसँगै सात हजार ५०० परिवार बाढीको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये दुई हजार ५०० परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसम थप गम्भीर हुनुअघि करिब दुई लाख पुराना तथा जीर्ण पाल तत्काल विस्थापित गरी नयाँ पाल उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।

यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आवास सामग्री आपूर्तिका लागि विशेष मानवीय सहायता मार्ग स्थापना गर्न आग्रह गरेको छ ।

त्यस्तै, भग्नावशेष हटाउन र सडक पुनः सञ्चालन गर्न आवश्यक भारी उपकरण, इन्धन तथा स्पेयर पाट्र्स गाजामा भित्र्याउन पनि उसले माग गरेको छ ।

मन्त्रालयले प्रभावित नागरिकको सम्पत्ति अधिकार सुरक्षित हुने गरी पारदर्शी तथ्याङ्कमा आधारित स्थायी आवास पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नसमेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्न खोजिरहेका नेताको नेतृत्वमा इजरायली राजनीतिक व्यक्तित्वहरूको एक समूहले आइतबार वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा अतिवादी बसोबास गर्नेहरूले रातारात गरेको आक्रमणको निन्दा गरेको छ। धेरै नेताहरूले यी आक्रमणहरूलाई ‘यहुदी आतंकवाद’ भनेका छन्। ‘सवारी साधन र घरहरूमा आगजनी गर्ने अतिवादी समूहहरूले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेका छन्। यसले मानिसको जीवन जोखिममा पारेको छ। साथै, ...
। दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई स्वागत गरेको तस्वीर सेयर गर्दै उनले आफूले स्वागत गर्न पाउँदा खुसी लागेको बताएका ...
। इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ । बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा ...
सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ । उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ । आइतबार बिहान भएका आक्रमणमा आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । सरकारी भवन र खार्तुम विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएपछि सुडानी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार एकता सरकार गठनसम्बन्धी वार्तामा सहभागी हुन विभिन्न सर्तसहितको आधिकारिक धारणा सार्वजनिक गरेको हो। पूर्वसैन्य प्रमुख गादी आइजेनकोटका नेतृत्वमा रहेको याशार पार्टीले शनिबार लिकुडलाई व्यापक ...