मुख्य समाचार
राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त
राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त

। दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई स्वागत गरेको तस्वीर सेयर गर्दै उनले आफूले स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई भारतको नयाँ दिल्लीमा औपचारिक भ्रमणका क्रममा स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘तपाईंको यो पहिलो भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई नयाँ गति र ऊर्जा प्रदान गर्नेछ ।’

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो । बालेनले आजै केहीबेरपछि भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्दैछन् ।


त्यस्तै, उनले भोलि समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्न खोजिरहेका नेताको नेतृत्वमा इजरायली राजनीतिक व्यक्तित्वहरूको एक समूहले आइतबार वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा अतिवादी बसोबास गर्नेहरूले रातारात गरेको आक्रमणको निन्दा गरेको छ। धेरै नेताहरूले यी आक्रमणहरूलाई ‘यहुदी आतंकवाद’ भनेका छन्। ‘सवारी साधन र घरहरूमा आगजनी गर्ने अतिवादी समूहहरूले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेका छन्। यसले मानिसको जीवन जोखिममा पारेको छ। साथै, ...
। इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ । बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा ...
सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ । उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ । आइतबार बिहान भएका आक्रमणमा आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । सरकारी भवन र खार्तुम विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएपछि सुडानी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार एकता सरकार गठनसम्बन्धी वार्तामा सहभागी हुन विभिन्न सर्तसहितको आधिकारिक धारणा सार्वजनिक गरेको हो। पूर्वसैन्य प्रमुख गादी आइजेनकोटका नेतृत्वमा रहेको याशार पार्टीले शनिबार लिकुडलाई व्यापक ...
। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, उनले कम्तीमा एक ...