मुख्य समाचार
इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी
इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी

। इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ ।

बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई करिब १४ घण्टा लागेको थियो । चिस्याउने उपकरणबाट सुरु भएको आगो मुख्यतः दोस्रो तलामा फैलिएको अधिकारीहरूले बताएका छन् ।

आगलागी हुँदा कारखानामा करिब ३०० श्रमिक कार्यरत थिए । तीमध्ये ६३ जना सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको अनुमान गरिएको छ । उद्धार गरिएका २९ जनामध्ये पाँच जनालाई अस्पताल भर्ना गरिएको छ ।

राष्ट्रिय खोज तथा उद्धार निकाय बसरनासले मृतकको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन । सङ्कलित मानव अवशेषको पहिचानका लागि फरेन्सिक परीक्षण गरिने जनाएको छ । सैनिक, प्रहरी, रेडक्रसका कर्मचारी र स्वयंसेवकसहितको उद्धार टोलीले करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा खोजी गरिरहेको छ । बेपत्ता श्रमिकका आफन्त घटनास्थलमा उद्धारको खबर पर्खिरहेका छन् ।


उक्त कारखानामा इन्डोनेसियाको दूधमा आधारित क्यान्डी तथा खाजा उत्पादन गर्ने मिल्किटा ब्रान्डका सामग्री बनाइन्छन् । ती उत्पादन ४० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।

इन्डोनेसियामा पछिल्ला वर्षमा भएका औद्योगिक आगलागीका घटनाले कार्यस्थलको सुरक्षा मापदण्ड र उद्योगमा आपत्कालीन तयारीको अवस्थाबारे चिन्ता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ । उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ । आइतबार बिहान भएका आक्रमणमा आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । सरकारी भवन र खार्तुम विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएपछि सुडानी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार एकता सरकार गठनसम्बन्धी वार्तामा सहभागी हुन विभिन्न सर्तसहितको आधिकारिक धारणा सार्वजनिक गरेको हो। पूर्वसैन्य प्रमुख गादी आइजेनकोटका नेतृत्वमा रहेको याशार पार्टीले शनिबार लिकुडलाई व्यापक ...
। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, उनले कम्तीमा एक ...
— यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो ...
— तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ । बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ । सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र ...