मुख्य समाचार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने

। नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उनले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुन:निर्माण गर्नुपर्ने धारणा राखे ।

प्रभावित बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको पुर्ख्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका बासिन्दाले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती पुन:निर्माण गर्न माग गरेको उल्लेख गर्दै उनले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिनुपर्ने बताए ।

सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।


उनले सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुन:निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि पुन:स्थापनाको योजनामा समेट्नुपर्ने बताए ।

सरकारले पुन:निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने उनको भनाइ थियो ।

पुनर्निर्माण र पुनर्स्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताए ।

उनले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् । आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् । सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् । ‘आज ...
। प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ...
। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् । यसअघि प्रधानमन्त्री शाहालाई भारतको राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित ...
। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसीसीसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ । यो निर्णय औपचारिक रूपमा पारित भएसँगै पहिलो पटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले युएनएफसीसीसी प्रक्रियामा आफ्नै छुट्टै र औपचारिक स्थान पाउने छन् । सम्मेलन निर्धारित समय ...
। गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो । यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका ...