मुख्य समाचार
आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा
आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा

। निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।

फुयाल र पाण्डेयको इजलासको ख नम्बर पेशी परेको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै ७ मंसिरमा पेशी तोकिएको थियो ।

सोही अनुसार आज कार्कीले दायर गरेको रिटको सुनवाई हुन लागेको हो । १८ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोज कुमार केसीलाई आईजीपी बनाइएको थियो ।


यो निर्णयविरुद्ध कार्कीले कानूनी उपचार खोज्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र न्यायपूर्ण संक्रमणसम्बन्धी केही प्रक्रियागत निर्णय भए पनि समग्र राजनीतिक प्रतिबद्धता समेट्ने मुख्य कभर डिसिजनमा सहमति जुट्न सकेन । जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त, पेरिस सम्झौताको ...
। भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनले बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । प्रधानमन्त्री ...
। समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् । आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले निजामती सेवामा आरक्षणको अवसर पाएका हुन् । तर, यस्तो अवसर पाउनेमा अपांगताभित्रका पनि कुन वर्ग, क्षेत्र, जात र लिंगका छन् भनेर हेरिनुपर्ने बताउँछन् अपांगता ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ । प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । सोही अवसरमा शुभकामना दिँदै रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यस ...
। प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार बिहान ११ बजे बैठक राखिएको छ । आज नै महिला तथा सामाजिक मामिला समितिले समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ...