मुख्य समाचार
यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त
यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त

— यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो राखेको बताए ।

उनले यमन र आसपासका क्षेत्रमा जारी सैन्य तनावप्रति राष्ट्रसंघ गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गर्दै लालसागर क्षेत्रमा रहेका यमनका बन्दरगाहहरूको सञ्चालन निरन्तर कायम राख्नुपर्नेमा जोड दिए ।

ती बन्दरगाह लाखौँ यमनी नागरिकका लागि जीवनरेखाका रूपमा रहेको उनको भनाइ थियो। हकले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गतका दायित्व पालना गर्न आग्रह गरे ।

सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्न नपाइने व्यवस्था पालना गर्न र सर्वसाधारण तथा नागरिक सम्पत्तिलाई क्षति हुनबाट जोगाउन निरन्तर सावधानी अपनाउन उनले आग्रह गरे ।

यमनको द्वन्द्वको समाधान सैन्य माध्यमबाट सम्भव नरहेको उल्लेख गर्दै उनले सबै पक्षलाई राजनीतिक वार्तामा फर्कने बाटो खोज्न आह्वान गरे ।

यसैबीच, यमनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्‍याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ । बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ । सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र ...
— राजनीतिक हिंसा र आगजनीका घटना बढेपछि नियन्त्रणका लागि बंगलादेशले शनिबार सयौं अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी, प्रहरी चौकी तथा बैंकमा आक्रमण र प्रतिद्वन्द्वी दलका समर्थकका घर जलाउने क्रम तीव्र भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासित ७९ वर्षीया ...
— पोल्यान्डमा युरोपेली मुलुकहरूले संयुक्त सैन्य अभ्यास गरिरहेकै बेला शुक्रबार त्यहाँ दुईवटा रुसी क्षेप्यास्त्र र एक शंकास्पद ड्रोन खसेका छन् । पोल्यान्डको पीएपी समाचार संस्थाले सार्वजनिक गरेका त्यस क्षेत्रका सीसीटीभी र मोबाइल फोनका दृश्यहरूमा जंगलजस्तो देखिने क्षेत्रमा ठूलो आवाजसहित विस्फोट भएको र चम्किलो प्रकाश देखिएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले यसलाई रुसी उक्साहटको संज्ञा दिएका छन् ...
इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । इराकी सुरक्षा अधिकारीहरूका अनुसार बस्राको उत्तरी क्षेत्रमा रहेको हरिथा विद्युत् उत्पादन केन्द्रमा घटना भएको हो । इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार घटनास्थल ...
। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेका लागुऔषध माफिया फाउस्टो इसिद्रो मेजा फ्लोरेसलाई मेक्सिकोको सेनाले पक्राउ गरेको छ। सीएनएनका अनुसार, शुक्रबार राति एक बेसबल खेल चलिरहेकै बेला उनलाई पक्रन सैन्य अपरेसन चलाइएको थियो। यस क्रममा हेलिकप्टरबाट समेत गोली प्रहार गरिएको थियो। गोली चलेको आवाज सुनेपछि दर्शकहरू रङ्गशालाबाट भाग्न थाले भने खेलाडीहरूले पनि मैदान छाड्नुपर्‍यो। इसिद्रोमाथि ...