मुख्य समाचार
लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाए
लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाए

— तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ ।

बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ ।

सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र अधिकार उल्लंघनका घटनामध्ये झन्डै एक तिहाइ प्यालेस्टिनी क्षेत्रमा भएका थिए ।

करिब २० लाख जनसंख्या रहेको सानो क्षेत्र गाजामा अवस्था झन् भयावह छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार यसमा युद्धका क्रममा कम्तीमा २० हजार बालबालिका मारिएका छन् ।

प्यालेस्टिनी क्षेत्रमा बालबालिकाविरुद्धका करिब १२ हजार ५ सय उल्लंघनका घटना अभिलेख गरिएका छन् । जसमा मुख्यतया अस्पताल र विद्यालयमाथिका आक्रमण तथा मानवीय सहायतामा रोक लगाउने कार्य समावेश छन् ।

सन् २०२५ को अक्टोबरमा हमाससँग युद्धविराम सम्झौता भए पनि इजरायलले आक्रमण जारी राखेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि इजरायली सेनाले युद्धविराम उल्लंघनको जवाफमा लडाकुहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गर्दै आएको छ ।

सेभ द चिल्ड्रेनका क्षेत्रीय निर्देशक अहमद अलहेन्दावीले बालबालिकामा परेको शारीरिक र मानसिक असर वर्षौंसम्म रहने बताए ।

'बाँचेका धेरै बालबालिका आफैं घाइते छन् र अभिभावकविहीन बनेका छन्,' उनले भने, 'यो स्तरको उल्लंघन रोक्ने कार्य अन्तर्राष्ट्रिय समुदायको प्राथमिकतामा पर्नुपर्छ ।'

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वका प्रत्येक चारमध्ये एक अर्थात् करिब ५८ करोड ९० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गरिरहेका थिए ।

यो सन् १९९० मा शीतयुद्ध अन्त्य भएयताकै उच्च संख्या हो । इरान, लेबनान, यमन र पश्चिम जारी युद्धका कारण सन् २०२६ मा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यसका साथै कंगो, नाइजेरिया, सुडान, सोमालिया र युक्रेनका बालबालिकासमेत युद्धको चपेटामा परेको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो ...
— राजनीतिक हिंसा र आगजनीका घटना बढेपछि नियन्त्रणका लागि बंगलादेशले शनिबार सयौं अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी, प्रहरी चौकी तथा बैंकमा आक्रमण र प्रतिद्वन्द्वी दलका समर्थकका घर जलाउने क्रम तीव्र भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासित ७९ वर्षीया ...
— पोल्यान्डमा युरोपेली मुलुकहरूले संयुक्त सैन्य अभ्यास गरिरहेकै बेला शुक्रबार त्यहाँ दुईवटा रुसी क्षेप्यास्त्र र एक शंकास्पद ड्रोन खसेका छन् । पोल्यान्डको पीएपी समाचार संस्थाले सार्वजनिक गरेका त्यस क्षेत्रका सीसीटीभी र मोबाइल फोनका दृश्यहरूमा जंगलजस्तो देखिने क्षेत्रमा ठूलो आवाजसहित विस्फोट भएको र चम्किलो प्रकाश देखिएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले यसलाई रुसी उक्साहटको संज्ञा दिएका छन् ...
इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । इराकी सुरक्षा अधिकारीहरूका अनुसार बस्राको उत्तरी क्षेत्रमा रहेको हरिथा विद्युत् उत्पादन केन्द्रमा घटना भएको हो । इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार घटनास्थल ...
। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेका लागुऔषध माफिया फाउस्टो इसिद्रो मेजा फ्लोरेसलाई मेक्सिकोको सेनाले पक्राउ गरेको छ। सीएनएनका अनुसार, शुक्रबार राति एक बेसबल खेल चलिरहेकै बेला उनलाई पक्रन सैन्य अपरेसन चलाइएको थियो। यस क्रममा हेलिकप्टरबाट समेत गोली प्रहार गरिएको थियो। गोली चलेको आवाज सुनेपछि दर्शकहरू रङ्गशालाबाट भाग्न थाले भने खेलाडीहरूले पनि मैदान छाड्नुपर्‍यो। इसिद्रोमाथि ...