मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता

। परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहनुभएका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे ।

साथै, उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा जापान सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।


जापानी उपविदेशमन्त्री फुजी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा जापानको उन्नत प्रविधि भित्र्याउने, जापानी लगानी विस्तार गर्ने र नेपाली उद्योगको आधुनिकीकरण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ । शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ । छलफल विशेषगरी नेपाली उद्योगको उत्पादन क्षमता ...
। जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी ...
: शनिबार राति जापानमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कम्तिमा २२ जना घाइते भएका छन्। धेरै पसलका झ्यालहरू फुटेका छन्। शक्तिशाली भूकम्पका कारण मानिसहरू आफ्नो घर र भवनहरूबाट भाग्न बाध्य भएका थिए। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रिफेक्चरमा जमिनबाट ४० किलोमिटर मुनि थियो भने सबैभन्दा शक्तिशाली भूकम्प आइची प्रिफेक्चरमा महशुस गरिएको ...
: हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो। उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो। पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति ...
: जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ। स्रोतका अनुसार, फुकुदाको गत बिहीबार मुटुको कार्यविफलता (हार्ट फेलियर)का कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ। फुकुदा सेप्टेम्बर २००७ मा ...