मुख्य समाचार
इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी
इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी

इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् ।

इराकी सुरक्षा अधिकारीहरूका अनुसार बस्राको उत्तरी क्षेत्रमा रहेको हरिथा विद्युत् उत्पादन केन्द्रमा घटना भएको हो । इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार घटनास्थल पुगेका अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएका छन् ।

विस्फोट र आगलागीको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन् । घटनाबाट भएको क्षतिको पूर्ण विवरणसमेत संकलन भइसकेको छैन ।


सुरक्षा स्रोतका अनुसार विद्युत् केन्द्रमा लागेको आगो नजिकैका आवासीय क्षेत्रमा समेत फैलिएको थियो । घटनापछि केन्द्रको सञ्चालन बन्द गरिएको छ ।

अधिकारीहरूका अनुसार हरिथा विद्युत् उत्पादन केन्द्रको कुल उत्पादन क्षमता ८०० मेगावाट रहेको छ । तर घटना हुनुअघि यसले करिब ४०० मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो ।

इराकको विद्युत् क्षेत्र दशकौंदेखि न्यून लगानी, कमजोर मर्मतसम्भार र पूर्वाधारसम्बन्धी समस्याबाट प्रभावित हुँदै आएको छ । विशेषगरी गर्मीयाममा विद्युत्को माग बढ्दा देशले लामो समयसम्म विद्युत् कटौती र आपूर्ति प्रणालीमा समस्या झेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोल्यान्डमा युरोपेली मुलुकहरूले संयुक्त सैन्य अभ्यास गरिरहेकै बेला शुक्रबार त्यहाँ दुईवटा रुसी क्षेप्यास्त्र र एक शंकास्पद ड्रोन खसेका छन् । पोल्यान्डको पीएपी समाचार संस्थाले सार्वजनिक गरेका त्यस क्षेत्रका सीसीटीभी र मोबाइल फोनका दृश्यहरूमा जंगलजस्तो देखिने क्षेत्रमा ठूलो आवाजसहित विस्फोट भएको र चम्किलो प्रकाश देखिएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले यसलाई रुसी उक्साहटको संज्ञा दिएका छन् ...
। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेका लागुऔषध माफिया फाउस्टो इसिद्रो मेजा फ्लोरेसलाई मेक्सिकोको सेनाले पक्राउ गरेको छ। सीएनएनका अनुसार, शुक्रबार राति एक बेसबल खेल चलिरहेकै बेला उनलाई पक्रन सैन्य अपरेसन चलाइएको थियो। यस क्रममा हेलिकप्टरबाट समेत गोली प्रहार गरिएको थियो। गोली चलेको आवाज सुनेपछि दर्शकहरू रङ्गशालाबाट भाग्न थाले भने खेलाडीहरूले पनि मैदान छाड्नुपर्‍यो। इसिद्रोमाथि ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ। जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो। समूहले प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको लेबर सरकारले अवलम्बन गरेको जलवायु नीतिलाई बकवास भन्दै व्यंग्यात्मक विरोध जनाएको थियो। राइजिङ ...
। स्विट्जरल्यान्डको जेनेभा सहरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी १२८ देशहरू आगामी दुई वर्षभित्र किलर रोबोटका रूपमा चिनिने घातक स्वचालित हतियार नियमन गर्ने सम्भावित सम्झौतालाई विस्तार गर्न सहमत भएका छन्। प्रहार गर्ने अन्तिम निर्णयमा मानिसको संलग्नता बिना नै ज्यान लिन सक्ने यस्ता हतियारमाथि कानुनी रूपमा बाध्यकारी नियम छिट्टै लागू गर्न करिब १०० राष्ट्रले दबाब दिएपछि कन्भेन्सन ...
। बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला चलिरहेको छ । नराइल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता, कार्यकर्ता र समर्थकका करिब ५० घर तथा पसलमा आगजनी गरिएको छ। शुक्रबार कालिया उपजिल्लाको बेन्दर चार गाउँमा यो घटना भएको हो। स्थानीयका अनुसार शुक्रबार दिउँसोदेखि सुरु भएको आक्रमण राति अबेरसम्म जारी रह्यो। आक्रमणकारीहरूले कैयौँ घरमा तोडफोड गर्नुका साथै त्यहाँ रहेका ...