मुख्य समाचार
स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने
स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने

— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् । नेकपा भक्तपुरले आज मध्यपुर थिमिमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै संयोजक दाहालले संविधान तथा कानुनले व्यवस्था गरेअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पूरा हुने र मंसिरमा प्रदेशको कार्यकाल पूरा हुने गरी निर्वाचन गर्नुपर्ने उनले बताए । स्थानीय र प्रदेशको चुनाव एकै पटक गर्‍यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने सत्ताधारी दललाई लागेको हुन सक्ने उनको भनाइ थियो ।

संविधान र कानुन मिचेर निर्वाचन गर्न खोज्दा प्रतिक्रान्तिकारी शक्तिहरूले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने संयोजक दाहालको भनाइ थियो । निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको र आगामी मंसिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने प्रस्ताव शुक्रबार आयोगले दलहरूसँग गरेको बैठकमा राखेको दाहालले बताए । दलहरूको भनाइ पनि संविधानले व्यवस्था गरेअनुसार नै निर्वाचन हुनुपर्छ भन्ने रहेको तर रास्वपाका अध्यक्ष रवि लामिछानेले एक पटक सर्वदलीय बैठक राखेर छलफलबाट निर्वाचनबारे टुंग्याई मिति घोषणाका लागि आयोगलाई सिफारिस गर्ने बताएको उनको भनाइ थियो ।
'अहिले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कोणबाट हजारौँ सहिदहरू, हजारौँ बेपत्ता योद्धा, हजारौँ घाइते अपांग, लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको छ,' उनले भने, 'कतै न कतै फेरि अर्को दुर्घटनातिर देशलाई लैजाने षड्यन्त्रको गन्ध आइरहेको छ ।'

आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले विचार र मुद्दा मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीति लिएको बताउँदै एमाले र मसालसँग कार्यगत एकताका लागि सहमति भइसकेको उनले बताए । संयोजक दाहालले भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्दै भ्रष्टाचारविरोधी अभियन्तालाई नियन्त्रणमा लिन सरकार उद्यत रहेको समेत बताए ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताए । उनले नेता तथा कार्यकर्ताहरूलाई जागरण अभियानले नै अनुशासित बनाउनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गिय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ...
: प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिप कुमार सिंह र सोही ठाउँका २८ वर्षीय रन्जित कुमार सिंह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन ...
। प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन अगाडिको बाटोमा नेपाल र भारतको झण्डा पोलमा राखिएको छ । आइतबार दिउँसो सवा ३ बजे उनी नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री ...
। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने धारणा राखेका छन् । शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक दस्तावेज भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पन्छिन नमिल्ने उनको तर्क थियो । शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन सरकारले तत्काल सत्य निरूपण ...