मुख्य समाचार
जेनजी आन्दोलनका बेला आफू र पत्नीलाई जेनजीहरूले नै बचाएको
जेनजी आन्दोलनका बेला आफू र पत्नीलाई जेनजीहरूले नै बचाएको

। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् ।

शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मी गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौं । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’

त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने ।


त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको उनले बताए । ‘त्यसमा धेरै ठूलो षडयन्त्र थियो,’ उनले भने, ‘लौ ठिक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन । गृहमन्त्री थिए रमेश लेखक । भट्टराई निवास किन हानेको ?’

त्यो बेला बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घर हानेको उनले स्मरण गराए । ‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षडयन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गिय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ...
: प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिप कुमार सिंह र सोही ठाउँका २८ वर्षीय रन्जित कुमार सिंह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् । नेकपा भक्तपुरले आज मध्यपुर थिमिमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै संयोजक दाहालले संविधान तथा कानुनले व्यवस्था गरेअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन् । जेठ ...
। प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन अगाडिको बाटोमा नेपाल र भारतको झण्डा पोलमा राखिएको छ । आइतबार दिउँसो सवा ३ बजे उनी नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री ...
। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने धारणा राखेका छन् । शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक दस्तावेज भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पन्छिन नमिल्ने उनको तर्क थियो । शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन सरकारले तत्काल सत्य निरूपण ...