मुख्य समाचार
श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने
श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने

। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताएकी छिन् ।

शनिबार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् ।

उनले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

‘आजको यो शिलान्याससम्म आइपुग्न भवन भत्काउनेदेखि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न र सरोकारवाला निकायसँग समन्वय, परामर्श तथा सहकार्य गर्न लामो प्रयास गर्नुपरेको छ,’ उनले भनिन्, ‘पूर्व गणेश र भैरवका पुजारी तथा अग्रजहरूको योगदानले पनि यस कार्यलाई अघि बढाउन महत्वपूर्ण भुमिका खेलेको छ । हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी कुमारीसँगै श्री गणेश र श्री भैरवका लागि पनि उपयुक्त निवास आवश्यक छ ।’


डंगोलले भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको पनि बताइन् ।

विभिन्न कालखण्डमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन भएपनि यस विषयलाई सरोकारवालाले निरन्तर उठाउँदै आएको उनको भनाइ छ ।

‘विशेषगरी इन्द्रजात्रासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यसको महत्वपूर्ण भुमिका रहनेछ । यस निर्माण कार्यले जीवित सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक गरिमा बढाउने विश्वास लिइएको छ,’ उनले भनिन् ।

उनका अनुसार नयाँ भवन निर्माणले जीवित सम्पदाको संरक्षणसँगै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमा बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गरेका छन् । उनले संविधान खारेज नभए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अहिले संविधान ‘कोमा’ मा रहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै गुरुङले गत भदौ २३ र २४ गतेका घटनापछि ...
। काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको ...
। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन् । उनले कुनैपनि सरकारले ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भएको आरोप समेत उनको थियो । शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय ...
। काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा राष्ट्रपति पौडेल शनिबार सहभागी भएका हुन् । उनी प्रथम महिला सविता पौडेलसहित महायज्ञमा सहभागी भएका थिए । आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको ...