मुख्य समाचार
सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप
सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप

। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् ।

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको र त्यसकाविरुद्ध लड्नेलाई कारबाही गरेको आरोप लगाएका हुन् ।

‘खुलेआम भ्रष्टारी गर्नेलाई राज्यले पक्षपोषण गर्ने, संरक्षण गर्ने, विरुद्ध लड्नेलाई अनेक बहाना गरेर थुनछेक गर्ने बडो विचित्रको प्रचलन देखा पर्दैछ’, उनले भने । प्रचण्डले सरकारको यो रवैयाविरुद्ध नयाँ संकल्पका साथ जाने बताए ।

उनले अब पनि जनतालाई बुझाउन नसके फेरि अर्कोदुर्घटना हुने दाबी समेत गरे । सरकारले संविधान मिच्ने सक्ने भन्दै उनले त्यसले देश दुर्घटनामा जाने बताए । ‘दुर्घटना टरेको छैन । जनतलाई बुझाउन सकेनौं भने फेरि अप्ठ्यारो आउँछ’, उनले थपे, ‘संविधान मिचियो भने देश फेरि दुर्घटनामा जान्छ ।’


अर्को प्रंसंगमा उनले विश्व फेरि मार्क्सवादतिर फर्किँदै गरेको दाबी गरे । युरोपले त्यसको संकेत गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीको समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नका लागि डेस्क स्थापना गरेको जनाएको हो। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत ...
: गृहमन्त्री सुधन गुरुङले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्ने आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमा उनले राष्ट्रसेवक कर्मचारीको काम देश र जनताको सेवा गर्ने भएको बताएका हुन्। गृहमन्त्री गुरुङले कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने, नेताको चाकडी गर्ने नभएको बताए।‘ हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् ...
: जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट २४ जना पक्राउ गरेको छ। शुक्रबार समयमा प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला काठमाडौं मैपी स्थित एक घरमा कौडा (जुवा) खेलिरहेको अवस्थामा ९ लाख ६० हजार रुपैयाँभन्दा बढी नगदसहित २४ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छश्र उनीहरुसँग भएको नेपाली नगद ९ लाख साठ्ठि हजार ...
। नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ । सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर एनआरसीएस एप डाउनलोड गरी सदस्यता लिने व्यवस्था रेडक्रसले मिलाएको हो । यस्तै रेडक्रसका पुराना सदस्यहरुले समेत यसै एप्समार्फत आफ्नो सदस्यताको अनिवार्य अद्यावधिक गर्नुपर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको ...