मुख्य समाचार
बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते
बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते

। जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।




पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । त्यस्तै आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।


इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२-०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेमध्ये नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये हबलदार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीको समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नका लागि डेस्क स्थापना गरेको जनाएको हो। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत ...
: गृहमन्त्री सुधन गुरुङले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्ने आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमा उनले राष्ट्रसेवक कर्मचारीको काम देश र जनताको सेवा गर्ने भएको बताएका हुन्। गृहमन्त्री गुरुङले कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने, नेताको चाकडी गर्ने नभएको बताए।‘ हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् ...
: जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट २४ जना पक्राउ गरेको छ। शुक्रबार समयमा प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला काठमाडौं मैपी स्थित एक घरमा कौडा (जुवा) खेलिरहेको अवस्थामा ९ लाख ६० हजार रुपैयाँभन्दा बढी नगदसहित २४ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छश्र उनीहरुसँग भएको नेपाली नगद ९ लाख साठ्ठि हजार ...
। नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ । सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर एनआरसीएस एप डाउनलोड गरी सदस्यता लिने व्यवस्था रेडक्रसले मिलाएको हो । यस्तै रेडक्रसका पुराना सदस्यहरुले समेत यसै एप्समार्फत आफ्नो सदस्यताको अनिवार्य अद्यावधिक गर्नुपर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको ...