मुख्य समाचार
मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताए
मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताए

। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् ।

‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउछौं । त्यो रोडम्यापअनुसार निर्वाचन गर्नुपर्ने उहाँहरुको प्रस्ताव छ,’ उनले भने, ‘हामीले राखेको कुराहरुमा पनि उहाँहरु पोजेटिभ हुनुहुन्छ, उहाँले राखेको कुरामा हामी पनि पोजेटिभ छौं ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री पोखरेलले फिफा र एएफसी तहगत निर्वाचनमा सहमत हुँदा समस्या समाधान भएको उल्लेख गरे । फिफा-एएफसी र सरकारबीच बुझाइमा फरकपन हुँदा यो समस्या आएको उनको भनाइ छ । ‘राज्यले गर्ने काम आफैले गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले गर्दैनौ भनेर उहाँहरुलाई जानकारी गरायौं,’ उनले भने, ‘ त्यसमा उहाँहरु पोजेटिभ हुनुभयो ।’

एन्फा निर्वाचन पुरानै नेतृत्वले गर्ने कि अन्तरिम कमिटी बनाएर गर्ने भन्नेबारे टुंगो लाग्न बाकी रहेको मन्त्री पोखरेलले बताए । उनले भने, ‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने कहिले गर्ने भन्ने विषयमा टुंगिन बाकी छ ।’


एएफसी अवार्ड समारोहमा थाइल्यान्ड गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए । नेपाली टोलीले निलम्बन फुकुवाका लागि फिफा र एएफसीका प्रतिनिधिसंग वार्ता पनि गरेको थियो । नेपाली टोलीमा मन्त्री पोखरेलसहित राखेप उपाध्यक्ष विशाल श्रेष्ठ र मन्त्रीका प्रमुख सल्लाहकार सिद्दी व्यन्जनकार पनि सहभागी थिए श्र

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे । मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक ...
। नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १२औं ओभरमा २६ रनमा अलआउट भयो । नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन ...
: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फाइनलको सबै टिकट बिक्री भएको जनाएको छ। क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले सबै टिकट सोल्ड आउट भएको जानकारी दिएका हुन्। उनले विज्ञप्तिमार्फत भनेका छन्,‘नेपाल प्रिमियर लिगको यही मिति २०८३ मङ्सिर ५ गते हुने ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् । टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ । उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो ? भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् । शुक्रबार ...