मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

: जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आज साँझ जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले चन्दननाथ नगरपालिका–७ का हेम बहादुर महतलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

प्रहरीका अननुसार गम्भीर घाइते भएका महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएकोमा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका हुन्।

ठक्कर दिने मोटरसाइकलका चालक घटनापछि फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको धरानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले बताए । वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सन्दीप कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले राजकुमार डंगोलको घरमा डेरा गरी बस्ने ...
: चन्द्रागिरि नगरपालिका-८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् । शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा कञ्चनपुरको बेलौरी निवासी करिब २५ ...
: स्थानीय तह र प्रदेश सभाको निर्वाचन सँगसँगै गर्ने या फरक–फरक समयमा गर्ने भन्ने विषयमा मुख्य राजनीतिक दलहरू विभाजित भएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने वा फरक समयमा गर्ने भन्ने विषयमा अझै अनिर्णीत छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीलगायत दलहरू भने फरक–फरक समयमा ...
: भक्तपुरको मध्यपुर थिमि-८ बोडेबाट जुवा तास खेलिरहेका ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति सुजन सिपाहीसहित ५ जना पक्राउ गरेको जनाएको छ। शुक्रबार साँझ करिब साढे ७ बजे बोडेबाट उनीहरुलाई पक्राउ परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले पुष्टि गरेका छन् । जुवाडे समात्न विभिन्न स्थानमा प्रहरी ...
। सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो । सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् । यस्तै, वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरबदल भएको छ । सूचीअनुसार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरालाई सामान्य प्रशासन ...